प्रेस युनियन सुनसरीद्वारा एक लाख रासीको पत्रकारिता पुरस्कार स्थापना

प्रेस युनियन सुनसरीद्वारा एक लाख रासीको पत्रकारिता पुरस्कार स्थापना

 

काठमाडौं,।नेपाल प्रेस युनियन सुनसरी शाखाले एक लाख लाख रासीको गोविन्द–खेमकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार सहित दुई वटा पुरस्कारको स्थापना गरेको छ। पत्रकारिताको माध्यमबाट समाजको विकासमा योगदान पु¥याउनेलाई पत्रकारलाई हरेक वर्ष एक लाख एक हजार रुपैयाँ रासी प्रदान गर्ने गरी पुरस्कार स्थापना गरिको हो । त्यसैगरी, सिर्जनशील युवा पत्रकारलाई वार्षिक रुपमा ५१ हजार रुपैयाँ रासी पुरस्कार दिने गरी युवा पत्रकारिता पुरस्कार समेत स्थापना गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।

पुरस्कार वितरणका लागि प्रेस युनियन सुनसरी शाखाले अक्षयकोष स्थापना गरेको छ । पुरस्कारको रकम उद्योगपति शिवप्रसाद घिमिरेले एसजी ग्रुपद्वारा आफ्ना आमाबुबाको नाममा प्रेस युनियनको अक्षयकोषमा प्रदान गर्ने छन् । पुरस्कार घिमिरेका बाबु आमाको स्मृतिमा प्रदान गरिनेछ ।
पुरस्कारका लागि स्थापना गरिएको अक्षय कोषमा रकम दिने विषयमा घिमिरेका छोरा सुबोध घिमिरे र प्रेस युनियन सुनसरीका अध्यक्ष अधिकारीले शनिबार एक सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सामाजिक उत्तरदायित्व अन्तर्गत परकारलाई पुरस्कृत गर्नकालागि पुरस्कारका लागि रकम प्रदान गरिनेगरी सम्झौता गरिएको घिमिरेले बताए । ‘पत्रकारिता क्षेत्रले समाजको विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ,’ घिमिरेले भने, ‘सामाजिक उत्तरदायित्व अन्तर्गत व्यवसायबाट केही रकम छुट्टयाएर सहयोग गरेका हौं ।’

पत्रकारिता कर्ममा लागेका पत्रकारको कामको कदर गर्नका लागि पुरस्कार स्थापना गरिएको अध्यक्ष अधिकारीले बताएका हुन् ।युनियनले सुनसरीमा भवन समेत निर्माण गर्ने तयारी गरेको छ । इटहरीका व्यवसायी तथा कांग्रेस नेता रोहित प्रसाईँले भवन निर्माणका लागि जग्गा दिएका छन् । भवन निर्माणको तयारी गरिरको अध्यक्ष अधिकारीले बताएका छन् ।

 

 

लोकप्रिय