दक्षिण कोरियाको गोयाङ सहरमा आयोजना हुने वर्ल्ड पुम्से च्याम्पियनसिपमा नेपालले प्रतिस्पर्धा गर्ने

दक्षिण कोरियाको गोयाङ सहरमा आयोजना हुने वर्ल्ड पुम्से च्याम्पियनसिपमा नेपालले प्रतिस्पर्धा गर्ने

काठमाडौँ । यहि आउने अप्रिल २१ देखि २४ तारिखसम्म दक्षिण कोरियाको गोयाङ सहरमा आयोजना हुने वर्ल्ड पुम्से च्याम्पियनसिपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । च्याम्पियनसिपमा पुरुष ५० वर्षमुनिको समूहमा रोशन खान, ४० वर्षमुनि समूहमा कमल श्रेष्ठ, ३० वर्षमुनिको समूहमा प्रेमबहादुर लिम्बू र पार्वती गुरुङ तथा जुनियरको १७ वर्षमुनिको समूहमा अब्बास अन्सारीले प्रतिस्पर्धा गर्ने छन् ।

 

च्याम्पियनसिपमा सहभागी हुन लागेका कमल र पार्वती १३ औं दक्षिण एसियाली खेलकुद ९साग० का स्वर्ण विजेता हुन् । च्याम्पियनसिपमा स्वर्ण जितेमा एक लाख ५० हजार, रजत पदक जितेमा एक लाख र कास्य पदक जितेमा ५० हजार नगद पुरस्कार प्रदान गरिने बताइएको छ ।

 

लोकप्रिय