सशस्त्र प्रहरी बलका एक सय २० जना दक्षिण सुडान जाने

सशस्त्र प्रहरी बलका एक सय २० जना दक्षिण सुडान जाने

काठमाडौँ । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनाको निम्ति सशस्त्र प्रहरी बलका एक सय २० जना दक्षिण सुडान जाने भएका छन् । सोमबार साँझ त्यसतर्फ जाने उक्त टोलीलाई आज बिदाइ गरिएको छ ।

उक्त टोली युनाइटेड नेसन्स मिसन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफपीयू) वान जुवामा कार्यरत सातौं डफ्फालाई बदली गर्न लागेको हो । टोलीलाई आज सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयमा बिदाई गरेका हुन् ।

टोलीमा कायममुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश थापाको कमाण्डमा १६ जना वरिष्ठ र ३९ जना कनिष्ठ अधिकृत छन् । बाँकी विल्लादार जवानहरु गरी टोली आगामी सोमबार साँझ त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ ।

लोकप्रिय