एमालेमा सूर्यविनायक नगरपालिकाको उम्मेदवार बन्न आकांक्षीहरुको लर्को : मेयर, उपमेयरदेखि वडाध्यक्षसम्म टिकट क–कसले पाउला ?
काठमाडौ । स्थानीय तहको निर्वाचनमा सूर्य विनायक नगरपालिकाको मेयर देखि वडा सदस्यसम्मका लागि उम्मेदवारहरुको लर्को बाक्लो छ ।
जसमध्ये नगर कमिटिले भोली विहानसम्म उम्मेदवारहरुको अन्तिम नामावली टुँग्याउँदैछ ।
नेकपा एमाले सूर्यविनायक नगर कमिटीका अनुसार मेयरमा पाँच जना आकांक्षी देखिएका छन् ।
बासुदेव थापा, किरण थापा, राजेन्द्र राजथला, राजकुमार सिलवाल र गोविन्द चौलागाईं मेयरका आकांक्षी रहेका छन् । जसमध्ये बासुदेव थापा र किरण थापामध्ये एकले टिकट पाउने पक्कापक्की भएको छ ।
वासुदेव थापा सूर्यविनायक नगरपालिकाकै निवर्तमान मेयर हुन् भने किरण थापा वडा नं. ५ का वडाअध्यक्ष हुन् ।
त्यसैगरी उपमेयरमा जुना बस्नेत, लक्ष्मी कार्की, ममता राउत लगायत ८ जना आकांक्षी देखिएका छन् । जसमध्ये हालका उपमेयर समेत रहेकी जुना बस्नेतले टिकट हात पार्न सक्ने सम्भावना बढी रहेको भक्तपुर एमाले निकट स्रोतको दाबी छ ।
त्यसैगरी सूर्यविनायक नगरपालिकाका १० वटै वडामा वडाध्यक्षका लागि दर्जनौं आकांक्षीहरु रहेका छन् । जसमध्ये वडा नं. १ मा सानुकाजी कायष्ठ, २ मा सन्तोष थापा, ३ मा रामकृष्ण राउत, ४ मा उत्तम थापा, ५ मा राजकुमार जोशी, ६ मा अनुप केसी, ७ मा रविन्द्र सापकोटा, ८ मा पुष्पराज बस्नेत, ९ मा उपेन्द्र केसी र १० मा राम राउतको नाम चर्चामा रहेको छ ।

प्रतिकृया दिनुहोस्