उपत्यका प्रदेशबाट निर्वाचन परिचालन

उपत्यका प्रदेशबाट निर्वाचन परिचालन

 

काठमाडौं । नेकपा एमाले उपत्यका विशेष प्रदेशका इन्चार्ज सुजिता शाक्यले सुशासन, समृद्धि र समाजवादको आधार तयार पार्न स्थानीय तहदेखि नै एमालेलाई विजय बनाउन पर्ने बताउनु भएको छ ।
उपत्यका विशेष प्रदेशले निर्वाचन परिचालनका लागि आयोजना गरेको बैठकमा आफ्नो धारणा राख्दै इन्चार्ज शाक्यले–स्थानीय निर्वाचनमा एमालेको पक्षमा जनलहर ल्याउन पेशागत र बुद्धिजीवी व्यक्तित्वहरुले भुमिका निर्वाह गर्नु पर्नेबेला आएको छ भन्नु भयो । उहाँले नेकपा एमाले राष्ट्रियता, सुशासन, समृद्धि, सामाजिक सुरक्षा र विकासका लागि प्रतिबद्ध हुने बताउनु भयो ।
बैठकमा नेकपा एमाले उपत्यका विशेष प्रदेशका अध्यक्ष प्रेम पराजुलीले स्थानीय निर्वाचनमा एमालेका पक्षमा जनलहर बढदै गएको बताउँदै पार्टीले पेशागत र बुद्धिजीवीहरुबाट विशेष अपेक्षा गरेको छ भन्नु भयो । नेता पराजुलीले त्यस अवसरमा सम्भावना र चुनौतीलाई ठीक ढंगले पहिचान गरेर अगाडि बढन आग्रह समेत गर्नु भयो ।
विशेष प्रदेशले स्थानीय निर्वाचनमा एमालेको भूमिकालाई प्रभावकारी बनाउन सबै स्थानीय तहमा समन्वय गर्ने गरी काठमाडौंमा उपाध्यक्ष विदुर कार्की, ललितपुरमा उपसचिव चन्द्र रिजाल र भक्तपुरमा उपसचिव उर्मिला सुनुवारलाई जिम्मेवारी तोकेको छ । त्यसअघि उक्त कमिटीले स्थानीय निर्वाचनका लागि तयार गर्ने एमालेका घोषणापत्रका लागि सुझाव समेत पेश गरेको थियो ।

लोकप्रिय