कामना सेवा विकास बैंकद्वारा नवौं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंकद्वारा नवौं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

 

कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९ साल बैशाख १५ गते बिहीबारबाट सिराहा जिल्लाको लक्ष्मीपुर पतारीगा.पा.वडा नंं ०४मा शाखा रहितबैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

लक्ष्मीपुर पतारी गा.पा.वडा नंं ०४ स्थित बिना रेमिटेन्स (प्रो. बिना मण्डल) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । लक्ष्मीपुर पतारीगा.पा.वडा नंं ०४का वर्तमानमेयर श्री रामवलव साह ज्यू,वडा अध्यक्ष श्री विद्यानन्द मण्डल ज्यू तथा प्रहरी नायव निरीक्षक श्रीमुरारी राम ज्यूले संयुक्त रुपमा उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गर्नु भएको थियो। कार्यक्रममा बैंकका कर्मचारीहरु लगायत व्यावसायिक प्रतिनिधि तथा स्थानीय महानुभावहरुको उपस्थिती रहेको थियो ।

शाखा रहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने छ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंक प्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले जनाएको छ ।

लोकप्रिय