चुनावी अभियानलाई सशक्त बनाउँदै भक्तपुर कांग्रेस
भक्तपुर । भक्तपुरमा चुनावी माहोल सिर्जना गर्न भक्तपुरका कांग्रेस लगायत गठबन्धनका अन्य दलहरु सक्रिय भएका छन् । यसै सन्दर्भमा नेपाली कांग्रेस सूर्यविनायक नगरसमितिले १८ गते आइतबारबाट प्रत्येक वडामा घर दैलो कार्यक्रम गर्न आइतबारबाट सुनपा वडा नं. ५ कटुन्जेबाट बृहत ¥याली सहित घरदैलो आरम्भ गरेको छ ।
सुनपाको प्रसिद्ध सुशिला भैरव मन्दिर प्रांगणमा सयौं नेता तथा कार्यकर्ताहरु भेला भएर कटुन्जे परिक्रमा सम्पन्न गरेको छ ।
पाँच दलीय गठबन्धनमा सुनपामा मेयरमा निशान ढुँगेल नेपाली कांग्रेसबाट र उपमेयरमा नेकपा एकीकृत समाजवादीबाट क. श्याम कुमार बस्नेत एवं सुनपा ५ का वडा अध्यक्षमा नेपाली कांग्रेसका राजेश तज, सदस्यहरुमा हरिओम ढुँगेल, महिला सदस्यमा सुशिला कार्कीलगायतको संयुक्त ¥यालीले टोल परिक्रमा गरेको थियो ।
सुशिला मन्दिर प्रागणबाट प्रसाद र जेष्ठ नागरिकको आर्शिवाद सहित निस्केको ¥यालीमा नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा र क्षेत्र नं. २ का कांग्रेस सभापति भेष बहादुर कार्की, समाजवादीका दिपक थापा लगायत ठुलो संख्यामा उपस्थित कांग्रेस र एकीकृतका कार्यकर्ताहरुको उत्साहजनक सहभागिता थियो ।
सुनपा ४ दधिकोटको गाम्चामा वडास्तरीय कार्यक्रम सम्पन्न




आजै सूर्यविनायक वडा नं. ४ मा वडास्तरीय कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताहरुको भेला नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति एवं पूर्व सांसद लेखनाथ न्यौपानेको प्रमुख आतिथ्यतामा स्थानीय रेन्बो सेकेण्डरी स्कूलमा सम्पन्न भएको छ ।
कार्यक्रम वडा नं. ४ का कार्यसमितिका सभापति पवन न्यौपानेको सभापतित्वमा भएको थियो ।
कांग्रेस नेता रामगोपाल न्यौपाने, कांग्रेस जिल्ला सहसचिव कृष्ण मुरारी न्यौपानेले पनि उक्त कार्यक्रममा आफ्नो सान्दर्भिक मन्तव्य राख्नुभएको थियो ।
नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार निशान ढँगेल र उपमेयरका उम्मेदवार श्याम बस्नेतको समेत उपस्थिति रहेको कार्यक्रममा स्थानीय निर्वाचनको सन्दर्भमा उम्मेदवारहरुले घरदैलोमा प्रस्तुत गर्ने प्रतिवद्धता सार्वजनिक गरिएको थियो ।
सूर्यविनायक वडा नं. ४ का लागि सत्ता गठबन्धनबाट वडाअध्यक्षमा लक्षुराम न्यौपाने उम्मेदवार रहेका छन् भने सदस्यहरुमा उज्वल राजथला, दामोदर सुवेदी, चन्द्राकुमारी पोखरेल र सुजिता परियार रहेका छन् ।
कार्यक्रममा उम्मेदवारहरुले आफूँहरु शासक होइन सेवक बन्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा जेष्ठ नागरिकलाई वडाबाट उपलब्ध गराइने सेवा घरमै गएर उपलब्ध गराउने, भ्रष्टाचार विरोधी गतिविधिमा लाग्ने, आफूँविरुद्ध उजुरी परेमा वा आरोप लागेमा त्यसको सार्वजनिक रुपमा खण्डन गर्ने, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्ने, समानुपातिक रुपमा खानेपानी वितरण गर्ने लगायत विभिन्न प्रतिवद्धता जनाएका छन् ।


प्रतिकृया दिनुहोस्