ठुलो क्षति हुनबाट जोगियो श्री एयरलाइन्स

ठुलो क्षति हुनबाट जोगियो श्री एयरलाइन्स

काठमाडौ । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको ९ एन(एएनआर जहाज उडेको केहीबेरमै एउटा इन्जिन फेल भएपछि काठमाडौंस्थित विमानस्थलमा आपतकालिन अवतरण गराइएको छ । उडान नं एन ९२२३ बाट ८० जना यात्रु, चालक दलका सदस्य तथा क्रु मेम्वरसहित उडेको जहाज विमानस्थलबाट २५ माईलको दुरीमा धादिङमाथिको आकाशमा पुगेपछि क्यानाडामा निर्मित बमबार्डियर सिआरजे जहाजको एउटा इन्जिनले काम गर्न छोडेको थियो ।
लगत्तै पाइलटले ‘मेडे’ भन्दै काठमाडौं विमानस्थलमा आपतकालिन अवतरणको अनुमति मागे । विमानस्थलले ढिलाई नगरी सबै उडान तथा अवतरण बन्द गर्ने निर्णय गर्यो र इन्जिन फेल भएको श्री एयरलाइन्सको जहाजलाई अवतरण गराउने प्रबन्ध गरियो ।
विमानस्थलमा सबै आपतकालिन सेवाहरु तैयारी अवस्थामा राखियो र एउटा इन्जिनको भरमा ८० यात्रु बोकेको जहाज श्री एयरलाइन्सको जहाजलाई सकुशल अवतरण गराइयो ।
आकाशमै इन्जिन फेल भएपछि यात्रुहरु निकै अत्तालिएका थिए । चालकदलले आश्वस्त बनाउँदै काठमाडौंमा सफलतापुर्वक अवतरण गराएको थियो। विमानमा दुई वटा इन्जिन हुन्छन। एउटा विग्रियो भने अर्को इन्जिनले उडाएर गन्तव्य वा नजिकको विमानस्थलमा सजिलै अवतरण गर्न सकिन्छ। एउटा इन्जिन विग्रदैमा आत्तिन पर्दैन, अर्को इन्जिनले सजिलै उडान गर्न मिल्छ।
एउटा विग्रदा अर्कोले काम गर्छ भनेरै विमानमा दुई इन्जिन राखिन्छ।
पछिल्ला केही वर्यहरुमा नेपालमा हवाई यात्रा असुरक्षित बन्दै गइरहेको छ । केही महिनाअघि काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजमा समेत प्राविधिक समस्याहरु उत्पन्न भएपछि आपतकालिन अवतरण गराउनु परेको थियो । हवाई क्षेत्र निकै खर्चिलो र महंगो बीमा दावी पर्ने जोखिमयुक्त व्यवसाय हो ।

लोकप्रिय