जापानले दिएको अनुदान स्वरुप खोप शनिबार काठमाडौं आइपुग्ने

जापानले दिएको अनुदान स्वरुप खोप शनिबार काठमाडौं आइपुग्ने

 

काठमाडौं ।
हाल जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप शनिबार र आइतबार काठमाडौं आइपुग्ने भएको छ । जापानी दूतावासले विज्ञप्ति जारी गरी जापानले अनुदानमा दिएको १६ लाख डोजमध्ये ८ लाख खोप शनिबार र आइतबार काठमाडौं आइपुग्ने भएको छ । बाँकी खोप भने उपयुक्त समयमा पठाउने पनि जापानी दूतावासले जनाएको छ ।
गत असार २९ गते जापानका परराष्ट्रमन्त्री मोतेगी तोसिमित्सुले कोभ्याक्स सुविधा मार्फत नेपाललाई एस्ट्राजेनेकाको १६ लाख खोप दिने घोषणा गरेका थिए । नेपालका लागि जापानी राजदूत किकुता युताकाले जापानले दिएको खोप तत्कालै उपयोग हुने आशा व्यक्त गरेका छन् ।

 

लोकप्रिय