कर्मचारीको तलब बढ्ने, जनतालाई महँगी !

कर्मचारीको तलब बढ्ने, जनतालाई महँगी !

 

काठमाडौ । अर्थ मन्त्रालयका अधिकारीहरु अहिले बजेट लेखन र सरकारको नीति तथा कार्यक्रम लेखनमा व्यस्त छन् । सरकारले आगामी आर्थिक वर्षको लागि १७ खर्ब २३ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने गरी तयारी गरिरहेको छ ।

भोली जेठ १० गते मंगलवार सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दैछ । आगामी आर्थिक वर्षका लागि चालु शीर्षकमा १० खर्ब ४९ अर्ब, पुँजीगत शीर्षकमा ४ खर्ब ५६ अर्ब ३६ करोड र वित्तीय व्यवस्थातर्फ २ खर्ब १७ अर्ब ६३ करोड रुपैयाँ बराबरको बजेट प्रस्ताव गरिएको अर्थका अधिकारीहरुले बताएका छन् ।
आगामी बजेटमा बृद्धभत्ता पाइने उमेर समेत घटाएर ७० वर्षबाट ६५ वर्षमा झार्न खोजिदैछ । यस अघि यस्तो भत्ता पाउन ७० बर्ष कुर्न पर्दथ्यो । यस्तै वृद्धभत्ता तीन हजार रूपैयाँबाट ५ हजार रुपैयाँ पुर्याइने तयारी भैरहेको छ । त्यस्तै, कर्मचारीको तलब पनि यसपाली केही न केही अवश्य बढ्ने छ । महंगीको अनुपातमा निजामती कर्मचारी,सेना,प्रहरी,शिक्षकको तलब प्रतिशतको आधारमा बढाउन भन्दै केही दिन अघि मुख्य सचिव डा। शंकर बैरागीको कार्यकक्षमा बैठक बसेको थियो । दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा तलब भत्ता पुनरावलोकन समितिको बैठक बसेर तल्लो र माथिल्लो तहका कर्मचारीहरुको तलब प्रतिशतमा बढाउन प्रस्ताव गरिएको छ ।
केही दिनअघि दिउँसो ४ बजेदेखि झण्डै आधा घण्टा बसेको बैठकमा तलब बढाउन आवश्यक रहेको निश्कर्ष निकालिएको थियो । तल्लो तहको कर्मचारीको तलब ३० प्रतिशत र शाखा अधिकृत देखि माथि उच्च तहको कर्मचारीको तलब २० प्रतिशतले बढाउने तयारी भैरहेको छ । मुख्यसचिव र प्रधानमन्त्री कार्यालयका सचिवसहित अर्थ सचिवले यसको अन्तिम रुप दिनेछन् । तर अर्थका अधिकारीहरू यो अनुपातमा तलव बढाउन राजी छैनन। १० देखि १५ प्रतिशत भन्दा बढी तलव बढाउन नसकिने अर्थका राजस्व सचिव र प्रशासन सचिवले बताइरहेका छन।
सरकारले चुनाव अघि नै यस वर्षको बजेट भाषणमा कर्मचारीको तलब कम्तिमा दुई हजार रुपैयाँ बढाउने चर्चा गरेको थियो । अहिले त्यही चर्चालाई अन्तिममा कार्यान्वयनमा ल्याइन सक्छ । निजामति कर्मचारीको केही तलब, महँगी भत्ता, पोशाक भत्ता, सवारी भत्ता ९यातायात खर्च० बढाउने तयारी अर्थले गरेको छ । चालु वर्षको बजेटमा सबै कर्मचारीको तलब एकरुपताका आधारमा बढाईएको भएपनि आगामी आर्थिक वर्षको बजेटमा प्रतिशतका आधारमा तलब बढाउने तयारी भैरहेको छ । सरकारले कर्मचारीको तलव बढाए पनि जनतालाई भने पेट्रोलियम पदार्थको मूल्य बृद्विसँगै हरेक बस्तु र सेवामा २५ देखि ३५ प्रतिशत सम्म मूल्य बृद्विको उपहार प्राप्त भएको छ। जनताले यसलाई स्वीकार्नुको विकल्प पनि देखिदैन।

लोकप्रिय