‘इम्बोस्ड नम्बर प्लेट’ राष्ट्र्को आत्मसम्मान माथी ठेस
काठमाडौ-२०७० सालमा सरकारले चुनाव गरायो । जनताको मत जितेर काग्रेंसको सरकार सत्तामा आयो । त्यस बेलाका प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा सरकार स्थापित भयो ।
सुशील कोइरालाको सत्ता रहेकै बेला यातायात ब्यवस्था विभागको डिजीको रुपमा चन्द्रमान श्रेष्ठ नियुक्ति भए । चन्द्रमान श्रेष्ठकाे सक्रियतामा इम्बोस्ड नम्बर प्लेट गाडीहरुमा टाँस्नको लागि बंगलादेशको रहेको कम्पनीसंग सम्झौता भयो । यस सम्झौतामा ठुलो आर्थिक लेनदेन भयाे । जस्लाइ यातायात मन्त्री बिमलेन्द्र निधीले नजर अन्दाज गरे उनले कस्काे दबावमा नजर अन्दाज गरे त्याे बहशकै बिषय छ ।
नेपालको सडकमा साढे ३६ लाख सवारी साधन गुड्छन् । ती सम्पुर्ण सवारी साधनहरुमा पाँच वर्षभित्र इम्बोस्ड नम्बर प्लेट टासिसक्ने भनेर हाम्रो देशको यी दुई महान् दलालहरुले बंगलादेशलाई वचन दिएको थिए । त्यत्तिमात्र नभएर उनीहरुले यदि पाँच वर्षको अन्तरालमा इम्बोस्ड नम्बर प्लेट सम्पुर्ण गाडीमा टाँस्न नसके नेपाल सरकारले बंगलादेशलाई क्षर्तिपुर्ति दिने दाबा गरेका थिए ।
त्यसपछि यातायात व्यवस्था विभागको डिजी चन्द्रमान क्षेष्ठलाई भ्रष्टचार मुद्दा पर्याे । तर विशेष अदालतले उनलाई सफाइ दियो । विमल निधि जो काग्रेंसको दरो खम्बा हुन् । जो आफुलाई पार्टीको सबैभन्दा शक्तिशाली उम्मेदारको दाबी गर्छन् । उनकाे नजर अन्दाजले ठुलाे भ्रष्टचारमा उनकाे नाम अनायासै जाेडिन पुग्याे । हुन त हाम्रो देशमा वालुवाटारको सरकारी जग्गा बेचेर करोडपत्ति बनेको गच्छदारको विरुद्ध सरकारले कुनै ठोस कदम चाल्न सक्यो ।
तर उच्च छवि भएका महेन्द्र नारायण निधीका पुत्र चन्द्रमान श्रेष्ठका कारण बिवादमा मुछिए । अब देशमा कसले र कसको सत्ताले बढी भ्रष्टचार गर्छ भन्ने कुरा जनताले मुल्याङकन गर्ने कुरा हो । तर इम्बोस्ड नम्बर प्लेटमा ठुलो भ्रष्टचार भएको कुरा हरेक नेपालवासीलाई थाहा भएकै कुरा हो । जव इम्बोस्ड नम्बर प्लेटको इतिहास खोतलिन्छ तब हामी यातायातमन्त्री विमल निधि र यातायात ब्यवस्था विभागको डिजी चन्द्र्मान श्रेष्ठको कार्यकालमा पुग्छौँ । तर केही वर्ष अघिबाट हाम्रो राष्ट्रमा इम्बोस्ड नम्बर प्लेटको चर्चा निकै व्यापक रुपमा फैलिएको छ ।
२०७३ जेठमा यातायात ब्यवस्था विभागद्वारा कम्तीमा १८ हजार सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु गरिएको थियो । २०७४ सालसम्म त्यसमध्ये केही सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान कार्य सम्पन्न भयो । यसपश्चात् २०७४ फागृन महिनामा अङगे्रजी भाषामा इम्बोस्ड नम्बर प्लेट जडान र वितरणमा रोक लगाउनको लागि सर्वोच्च अदालतमा रिट दायर भयो । तर विडम्वनाको कुरा, २०७६-८-२७ गते अङगे्रजी भाषामा छापिएको इम्बोस्ड नम्बर प्लेट जडानमा लगाएको रोक खारेज भयो । फेरि पछिल्लोपटक २०७७।४।१ गतेबाट इम्बोस्ड नम्बर प्लेट जडान र वितरण सुरु गरिएको छ । सरकारले यो आर्थिक वर्षको सुरुदेखि सम्पुर्ण सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिने बताएको थियो ।
सरकारले दिएको जानकारी अनृसार इम्बोस्ड नम्बर प्लेट एउटा यस्तो इलेक्ट्रोनिक्स डिभाइस हो जसले सवारीसंग जोडिएको अपराधलाई अन्त्य गराउछ । तर अङगे्रजी भाषामा छापिएको इम्बोस्ड नम्बर प्लेटले नेपाली भाषा र अङक समाप्त गर्न ठुलो खेल खेल्छ ।
यसमा सरकारको ध्यान नजानुको कारण के हो ? देशलाई नै आधुनिकीकरण गर्ने भन्दै नेपाली नम्बर प्लेट हटाउनु उचित हो । कुनै पनि राष्ट्रले नयाँ प्रविधि भित्राउदा देश नै उत्साहित हुन्छ । देशमा कुनै पनि प्रविधि भित्राउदा त्यसले आफ्नो राष्ट्रमा कत्ति फाइदा र असर पु¥याउछ भनेर सत्तामा बस्नेहरुले गहन अध्ययन गर्नुपर्छ । तर हाम्रो सरकारले लाखौँ हस्तकलाकारहरुको पेटमा लात्ती हानेर आफु कहाँबाट कमिशन पाइन्छ भन्नेतर्फ दौडिरहेको छ ।
अरुलाई भोको पेट हिड्न बाध्य बनाएर सरकारको नाममा सत्तामा बसेको यी दलालहरुलाई लाज लाग्दैन् । नेपाली भाषामा भएको नम्बर प्लेट हटाएर इम्बोस्ड नम्बर प्लेट प्रयोगमा ल्याउदा नेपालमा रहेको हजारौँ श्रमजीवी हस्तकलाकारहरु बेरोजगार बन्न पुग्छन् । नेपाली हाम्रो मातृभाषा हो । हाम्रो मातृभाषाका कारण हामी नेपालीहरु आफनो शिर ठाँडो पारेर हिड्न सक्षम भएको छौँ ।
हाम्रो संविधानमा त नेपाली भाषाको प्रयोग भएको छ भने कमिशनको लोभमा आएर नेपालीहरुको शानलाई दाउमा राख्ने हक सत्तामा बसेको दलालहरुलाई कसले दियो ।
नेपालीहरुको आत्मसम्मान माथि ठेस पु¥याउने अधिकार नेपालको संविधानले कसैलाई पनि दिएको छैन् । नेपालको साक्षरता दर अझै पनि निकै न्युन छ । कत्ति सर्वसाधारणले नेपालीमा अक्षर चिन्छन् तर अङग्रेजीमा लेखिएको इम्बोस्ड नम्बर प्लेटयुक्त गाडीले ठक्कर दियो भने त्यस्तो खण्डमा के गर्ने ।
साढे ३६ लाख गाडीमा नेपाली वर्णको प्रयोग नगर्नु भनेको नेपालीहरुको छातीमा ठुलो चोट दिन हो । इम्बोस्ड नम्बर प्लेट तत्कालै खारेज गर्नुपर्छ । यो हाम्रो राष्ट्रियतासंग जोडिएको कृरा हो ।
नेपालीहरु पहिले पनि अरु देशको सामु झुक्न तयार थिएनन् भने केही दलालहरुले आफ्नो फाइदा हेरेर नेपालीहरुलाई अरु देशको सामु झुक्न बाध्य बनाउन खोजिरहेको छ ।
नेपाली भाषामा लेखिएको नम्बर प्लेटमा हाम्रो नेपाली दाजुभाइको दुःख दर्शाएको छ । नेपाली भाषामा लेखिएको नम्बर प्लेट ४०० देखि ५०० रुपियाँमा तयार भईसकछ ।इम्बोस्ड नम्बर प्लेटको मृल्य २४०० देखि ३६०० तोकिएको छ । पाँचवटा नेपाली नम्बर प्लेट आउने मुल्यमा त एउटा इम्बोस्ड नम्बर प्लेट खरिद गर्न पनि मुश्किल छ ।
यही नेपाली नम्बर प्लेट बनाएर आफ्नो र आफ्नो परिवारको गुजारा चलाइरहेका व्यक्तिहरुको संख्या हजारौं छन् । उनीहरुको रोजीरोटी छिनेर अरुलाई दिनुभन्दा अगाडि नेपाल सरकारले एकचोटि राम्ररी सोचविचार गर्नृुर्छ । बंगलादेशमा बनेको इम्बोस्ड नम्बर प्लेट नेपाल भित्राउदा यहाँको अर्थतन्त्रलाई ठृलो धक्का पर्छ ।
हाम्रो देशको खरबौं रुपियाँको भागिदार बंगलादेश बन्न जान्छ । अन्य राष्ट्रहरुले आफनो देशको निति कतै पनि नजाओस् भनेर कत्रो निति बनाएको हुन्छ । तर हाम्रो देशको नेताहरु कमिशनको पछाडि दोडिदा हाम्रो देश नै डुबिसकेको छ ।
प्रतिकृया दिनुहोस्