आमन्त्रित सदस्यहरुको ओईरो
भक्तपुर । नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति–२ भक्तपुरका सभापति भेष बहादुर कार्कीले आफ्नो समितिमा सल्लाह र सुझाब बढी पाउन र क्षेत्रमा कांग्रेसको बढाउने अभियान अन्तरगत केहि वरिष्ठ कार्यकर्ता र निर्वाचित जनप्रतिनिधिहरुलाई आफ्नो समितिमा आमन्त्रित सदस्य मनोनित गर्नु भएको छ ।
अघिल्लो स्थानीय निर्वाचनमा क्षेत्र २ को सूर्यबिनायक नगरपालिकाको १० वडाम ३ वटा वडामात्र जितेको नेपाली कांग्रेसले यसपालाको स्थानिय निर्वाचनमा एमालेसंग थप दुई वडा खोसेर लिन सफल भएको छ ।
साथै, मध्यपुर नगरपालिकामा भने पहिला पनि ६ वटा वडा बिजय पाएको कांग्रेसले पुरानो रेकर्ड कायम राखेको छ, भने पहिला उपमेयर मात्र आफ्नो हातमा पारेको नेपाली कांग्रेसले मध्यपुरमा मेयर समेत एमालेको कब्जाबाट खोस्न सफल भएको छ ।
उता क्षेत्र नं १ मा चाँगुनारायण नगरपालिकामा पनि एमालेको हातबाट मेयर खोसेको छ ।
समग्रमा क्षेत्र नं २ ले बिधान सम्मत, निष्पक्ष र नेपाली कांग्रेसमा लामो समय काम गरेका, क्रियाशीलहरुलाई कुनै गुट वा पक्ष बिपक्ष नभनी सर्वसम्मत रुपमा वडा तहको टिकट बितरण भएको कारण पनि क्षत्रको उपलब्धि भएको भक्तपुर कांग्रेसका नेता कार्यकर्ताहरुको प्रतिक्रिया रहेकोछ ।
भक्तपुर जिल्लाका चार नगरपालिका छन् ।
चार मध्य भक्तपुर कांग्रेसले दुई र नेमकिपा र एमालेले एक÷एक नगर पालिकामा कब्जा जमाएका छन् ।
भक्तपुर जिल्लामा ३८ वडा मध्य नेपाली कांग्रेसले सूर्य बिनायकमा पाँच, मध्यपुर थिमिमा छ र चाँगुनारायण नगरपालिकामा चार गरि १५ वडा र दुई नगरपालिका मेयर जित हाँसिल गरि भक्तपुरमा पहिलो पार्टी बनेको छ ।
यसरी क्षत्रिय ले गरेको मनोनयनमा मध्यपुरथिमि र सुनपाबाट निर्बाचित वडाध्यक्षहरु लक्षुराम न्यौपाने, श्रीकृष्ण श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, ज्ञानदास प्रजापति र सानु राजबाहक छन् । साथै हरि बहादुर खडका, चन्दा पोखरेल, लक्ष्मी शोभा प्रजापति,सरस्वती कार्की, दामोदर सुबेदी, कपिल देउजा लगायत छन् ।
तस्वीरमा कार्यक्रमको झलक




प्रतिकृया दिनुहोस्