विप्लव नेतृत्वले नेपाल कम्युनिष्ट पार्टीको काठमाडौंमा नवौं महाधिवेशन गर्ने
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीले आगामी असोज १ गतेदेखि ८ गतेसम्म काठमाडौंमा नवौं महाधिवेशन गर्ने भएको छ। महाधिवेशन अगाडि भदौ ५ गतेसम्म वडा र पालिका सम्मेलन तथा भदौ १५ गतेभित्र जिल्ला सम्मेलन सम्पन्न गरिने जनाइएको छ।शुक्रबार केन्द्रीय समितिको १३ औं पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ुविप्लवुले पार्टीबाट विद्रोह गरेर गएका नेतारकार्यकर्ताहरूलाई पार्टीमा फर्किन समेत आह्वान गरेका छन्।
शुक्रबार केन्द्रीय समितिको १३ औं पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले पार्टीबाट विद्रोह गरी नयाँ पार्टी गठन गरेका पूर्वसचिवालय सदस्यहरु धर्मेन्द्र बाँस्तोला कञ्चन र हेमन्तप्रकाश वली सुर्दशनलाई पार्टीमा फर्किन आह्वान गरेका हुन्।
गल्ती स्वीकार गरेर आत्मआलोचना गरी पार्टीमा फर्किन उनले आग्रह गरे। उनले बाँस्तोला र कञ्चनले गठन गरेको पार्टीको डकुमेन्टमा कुनै नयाँ कुरा नभएको उल्लेख गर्दै उत्तेजना र कुण्ठाबाट क्रान्ति नहुने बताएका छन् ।
महासचिव विप्लवले नेपालको क्रान्तिकारी आन्दोलनलाई गोलबन्द गर्न सबैले ध्यान दिनुपर्ने बताए। उनले भने, ‘सबै कुराहरूलाई केन्द्रित गर्दै राष्ट्रिय स्वाधिनताको आन्दोलन चलाउने। हाम्रा ६ दलका मित्रहरूसँग सहकार्य गर्ने। ठिक छ, आउनुस् सुदर्शन र कञ्चनजीलाई पनि हामीले भन्यौं गल्तीहरू स्वीकार्नुस्। मान्छेबाट गल्ती हुन्छ। तपाईंहरू गल्तीबाट आत्मआलोचना गर्नुस्। बाहिर जे जति बबन्डर मच्चाउनु भएको छ, त्यो फेर्नुस्। सुध्रिनुस्।’


प्रतिकृया दिनुहोस्