निर्वाचन आयोगमाथि कारबाही गर्न सरकारसँग माग : सांसद सुवाल

निर्वाचन आयोगमाथि कारबाही गर्न सरकारसँग माग : सांसद सुवाल

काठमाडौ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचन आयोगका मुख्यमुख्य पदाधिकारी र न्यायालयमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोक जिल्लामा आफ्ना पार्टीका उम्मेदवारले उजुरी दिँदा पनि निर्वाचन चिन्ह मादल नदिएको उल्लेख गर्दै निर्वाचन आयोग र न्यायालयमाथि कारबाहीका लागि सरकारलाई निर्देशन सभामुख अग्निप्रसाद सापकोटाको पनि गम्भिर ध्यानाकर्षण गराएका थिए ।

यस खालको गतिविधिमा संलग्न निर्वाचन आयोगका पदाधिकारी र न्यायालयलाई प्रजातन्त्रको निम्ति पनि कारबाही गर्नुको विकल्प नभएको सांसद सुवालको तर्क थियो । उनले भने, ‘निर्वाचन आयोगले गत स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोक जिल्लामा नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह मादल दिएन । यस विरुद्ध निर्वाचन आयोग र न्यायालयमा हाम्रो उम्मेदवारले उजुरी दिनु भयो । तर, पनि दिइएन ।

यसकारण निर्वाचन आयोगका मुख्यमुख्य पदाधिकारी र न्यायालयले प्रजातन्त्र खोस्ने काम गर्‍यो । आवश्यक कारबाही हुनुपर्छ भन्ने कुरा सभामुखमार्फत सरकारलाई निर्देशन हुनुपर्दछ भन्ने माग गर्न चाहन्छु । प्रजातन्त्रको निम्ति यो आवश्यक छ । राजनीतिक शास्त्रको पुस्तकमा निर्वाचनमा जित्न पैसा र सामान बाँड्ने र निर्वाचन आयोगले पार्टीको चुनाव चिन्ह नदिनेलाई प्रजातन्त्र भनि परिभाषित गर्नुपर्ने दिन आयो कि ?

लोकप्रिय