जसपाको स्थानीय निर्वाचनको समीक्षा बैठकमा नेताहरूबीच कुटाकुट

जसपाको स्थानीय निर्वाचनको समीक्षा बैठकमा नेताहरूबीच कुटाकुट

जनकपुरधाम  ।जनता समाजवादी पार्टीको धनुषा जिल्लाको स्थानीय निर्वाचनको समीक्षा बैठकमा नेताहरूबीच कुटाकुट भएको छ।जनकपुरधामस्थि होटल बाबाको ढावामा हिजो मंगलबार आयोजित बैठकमा विभिन्न पालिकामा पराजयको कारण अन्तरर्घात भएको भन्दै नाम किटेरै आरोप प्रत्यारोपमा उत्रिएपछि विवाद हुँदा कुटाकुट भएको हो।

समिक्षा बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेताहरु समेत सहभागी थिए।जसपा सबैला नगरपालिकाका अध्यक्ष वैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादवलगायतका समूहले अन्तर्घात गरेको आरोप लगाउँदै सिटमा बसे लगतै यादव समर्थकले उनीमाथि कुटपिट गर्न थालेको बैठकमा सहभागी एक नेताले बताएका हुन् ।

‘वैद्यनाथजीले नामै किटेर अन्तर्घात गरेको मञ्चमा बोल्नुभएको थियो। भाषण सकेर कुर्सीमा बसेको दुई तीनमिनेटपछि त्यसै विषयलाई लिएर भनाभन हुँदै विवाद भयो। अनि कुटपिट हुन थाल्यो’, ती नेताले भनेका हुन् ।

कुटाकुट गर्ने केही नेतालाई बैठक हलबाट निकालिएको थियो। कुटाकुटको क्रममा नेताहरू सिकिन्दर सिंह यादव, अवधकिशोर रविदास र जितेन्द्र मुखियालाई चोट लागेको छ।‘लाठी, भाटा केही थिएन। हातखुट्टाले कुटाकुट र धकेलाधकेल हुँदा पनि उनीहरुलाई चोट लाग्यो’, बैठकमा सहभागी ती नेताले अगाडि भनेबैठकमा आरोप प्रत्यारोपको क्रममा विवाद हुँदा हाता हालाहालको स्थिति आएको जसपा नेता शेष नरायण यादवले स्वीकारेका हुन्।

।

लोकप्रिय