मेयर बालेन शाहलाई एमालेका सांसद राईले सहयोग गर्ने
काठमाडौ । नेकपा एमालेका सांसद कृष्णबहादुर राईले काठमाडौं महानगरका मेयर बालेन शाहलाई आफूहरूको तर्फबाट सहयोग हुने बताएका छन् । बालेनले पनि संयमता अपनाउन जरुरी रहेको उनले बताए ।
बिहीवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर काठमाडौं–३ का एमाले सांसद राईले फोहोर व्यवस्थापन लगायत विषयमा उपमेयरले सहयोग गर्ने बताएका हुन् ।
‘भर्खरै निर्वाचित भएर आउनु भएका मेयर बालेन शाहलाई हिजो विद्यासुन्दरलाई जस्तो उपमेयरबाट असहयोग हुँदैन, बालेनले पनि संयमता अपनाउन जरुरी छ,’ राईले भने । काठमाडौंका सांसद राईले उपत्यकाको फोहोर उठाउन सरकारको ध्यानाकर्षण गराए ।एमालेले बुधवार पनि काठमाडौंको फोहोर उठ्न नसकेकोबारे सरकारसँग जवाफ माग गरेको थियो ।

प्रतिकृया दिनुहोस्