निजगढ विमानस्थल निर्माण गर्न लोसपा पार्टीसँग आग्रह

निजगढ विमानस्थल निर्माण गर्न लोसपा पार्टीसँग आग्रह

निजगढ सार्वजनिक सरोकार समितिले निजगढ विमानस्थल निर्माण गर्ने वातावरण बनाई दिनका लागि लोकतान्त्रिक समाजवादी पार्टीसँग आग्रह गरेको छ । निजगढ सार्वजनिक सरोकार समिति र स्वतन्त्र युवा तथा विद्यार्थी सरोकार समितिले आज लोसपाका शीर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाउँदै सो आग्रह गरिएको हो । जेठ १२ गते निजगढ विमास्थल बारे सर्वोच्च अदालतबाट भएको निर्णयको पुनरावलोकन गराएर वा अर्को कुनै विकल्पमार्फत निजगढ विमानस्थल निर्माणमा सहयोग पुर्याउन आग्रह गरिएको छ ।

 

निजगढ विमानस्थल निर्माण गर्न यति धेरै जमिन किन चाहियो पनि सुनिएको छ, विमानस्थलको रन्वे र टर्मिनल भवन लगायतले जति जमिन ओगट्छ, त्यति क्षेत्रमा मात्रै रुख काटिने उल्लेख गर्दै त्यसबाहेक विमानस्थलले ओगट्ने अन्य सब जमिनमा रुख विरुवा हुर्काएर हरियाली र सिमसार क्षेत्र कायम गर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

 

लोकप्रिय