विराटनगरका उद्योगी व्यवसायी र मजदुर संगठनहरुको आन्दोलन
विराटनगर । विराटनगरका उद्योगी व्यवसायी र मजदुर संगठनहरुले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटका कतिपय प्रावधानको विरोध गर्दै विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय अगाडि धर्ना दिएका छन् । उनीहरुले जि.आई.वायर उद्योग, वनस्पति घ्यूतेल उद्योग, सेनिटरी प्याड उद्योग, यार्न उद्योग, ई–विलिङ, मौद्रीक नीतिमा उल्लेखित व्यवस्थाले उद्योगहरु धरासायी बनेको भन्दै केही दिनदेखि आन्दोलन गर्दै आएका छन् ।
धर्ना कार्यक्रममा उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले आफूहरुसँग गरेको प्रतिबद्धता विपरित सरकारले बजेट ल्याएको बताए । उनले बजेटमा भएका व्यवस्थाले जिआइ वायर, सेनिटरी प्याड उद्योगलाई धेरै असर गरेको भन्दै बजेट संशोधनको माग गरे ।
सोही कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले सरकारले विभिन्न चरणमा आफूहरुसँग बजेटमा समेट्नुपर्ने विषयबारे छलफल गरेको भएपनि त्यो नाटक मात्रै भएको भन्दै आक्रोश व्यक्त गरे ।


प्रतिकृया दिनुहोस्