फेरिपनि कोरोना फैलिन थाल्यो

फेरिपनि कोरोना फैलिन थाल्यो

काठमाडौ । विगत तीन वर्षअघि नेपालमा पहिलोपटक कोरोना संक्रमण देखिएको थियो । सबैजनामा कोरोनाको त्रास अत्यन्तै देखिन्थ्यो । अन्य मुलुकझै नेपालमा पनि कोरोनाले तहल्का मच्चायो । कोरोना संगसंगै विभिन्न जनस्वास्थ्यका मापदण्डहरु अपनाउन थालियो । मास्क लगाउने, हात नमिलाउने, दुई मिटरको भौतिक दुरी पालना गर्ने, बेलाबेलामा साबुनपानीले हात धुनेलगायतका जनस्वथ्य मापदण्डहरु चलनचल्तीमा आए । एकअर्काको घरमा जाने, साथीभाइ भेटघाट जस्ता कामहरु पनि ठप्प भयो । भीडभाड गर्न त सरकारले रोक नै लगाएको थियो । तर, अहिले ठ्याक्कै यसको उल्टो भएको छ । जनस्वास्थ्यको मापदण्ड पालना गर्न आम नागरिकले छोडिसकेका छन् ।

नेपालमा अझै पनि कोरोना छ भनेर सबैले बिर्सिसकेका छन् । कोरोनाका कारण झण्डै १२ हजार नेपालीले अकालमा ज्यान गुमाउनुपरेको कुरा सबैको मस्तिष्कबाट हटिसकेको छ । निस्फिक्री रुपमा घुमघाम गर्ने क्रम बढ्दो छ । असार सुरु भएयता कोरोना निरन्तर बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरणले देखाउछ । केही सातादेखि कोरोना लगातार उकालो लागेको छ । तर, मन्त्रालयले यसलाई मध्यनजर गर्दै कुनै सूचना जारी गरेको छैन् । जनचेतना फैलाउने सूचना जारी गर्न पनि स्वास्थ्य मन्त्रालयले चासो देखाएको छैन् । व्यापारिक केन्द्रमा सर्वसाधारणको भीड यत्तिकै छ । न उनीहरुको मुखमा मास्क छ सामाजिक दुरीको त कुरै नगरौं ।

यता, राजनीतिक दलले पनि जनस्वास्थ्य मापदण्ड नअप्नाई कार्यक्रम गरिरहेका छन् । कालिमाटी र बल्खुलगायत अन्य क्षेत्रमा रहेका तरकारी बजारमा पनि निकै भीड छ । सयौंको संख्यामा बेच्ने छन्, हजारौंको संख्यामा किन्ने । बेच्ने र किन्ने दुवैले मास्कसमेत लगाएको पाइदैन् । भारतबाट तरकारी ओसारपसार गर्ने सवारी चालकले पनि स्वास्थ्य मापदण्ड पालना गरेका छैनन् । रात्रिकालिन व्यवसायजस्तै दोहोरी साँझ, डान्सबारहरुमा पनि रत्तीभर कोरोनाका मापदण्ड पालना भएको छैन् । भाटभटेनीलगायत अनय ठूला व्यापारिक मलहरु पनि कडाइका साथ मापदण्ड पालना गर्नमा जोड दिएका छैनन् । सार्वजनिक सवारीमा भेडाबाख्राझै कोचाएर यात्रु खाँदेको हुन्छ ।

तीन लाइन यात्रु उभाएर खाद्दा पनि ट्राफिक प्रहरी महाशाखाले कारबाही गरेको छैन् । सहचालक र चालक दुवैको मुखले मास्क लगाएको पाइदैन् । उता, कुनैकुनै बाहेक अधिकांश यात्रुले पनि मास्क लगाएका छैनन् । गाडीको टिकट काट्ने काउण्टरमा पनि उही हाल छ । वित्तिय संस्थामा काम गर्न कर्मचारी वा सेवाग्राही दुवैले सरकारको निर्णय मान्न अटेर गरिरहेका छन् । सरकारी कार्यालयमा त झन् खुट्टा टेक्ने ठाँउ हुदैन् । वडादेखि महानगरपालिका र मन्त्रालय, विभाग जहिले पनि भीड हुने स्थान हो । तर, यस्तैमा झनै हेलचेक््रयाइ गरिएको छ । अधिकांश सरकारी र निजी कार्यालयमा स्यानिटाइजरको समेत व्यवस्था गरेको पाइदैन् ।

लोकप्रिय