NABIL SSE लाई Enablers of Social Entreprenuership अवार्ड
काठमाडौँ । नबिल बैंकले सामाजिक उद्यमशीलतालाई प्रबद्र्धन गर्न शुरु गरेको ‘नबिल सामाजिक उद्यमशिलता’कार्यक्रमqmd -NABIL School of Social Entrepreneurship -NABIL SSE_कोपहिलो ब्याचको २० जना फेलोहरुले Enablers of Social Entrepreneurship Award प्राप्त गरेको छ । नेपालउद्योग परिसंघ अन्तर्गतको CNIYEF Nepal यो अवार्ड प्रदान गरेको हो ।
CNIYEF Nepal ले असार ११ गते काठमाडौंमा आयोजना गरेको CNIYEF Nepal StartUp Fest 2022 मा‘नबिल सामाजिक उद्यमशिलता’कार्यक्रम अन्तर्गत पहिलो ब्याचका २० जना सहभागिहरुलाई सामूहिक रुपमा सो अवार्ड प्रदान गरेको हो । २०७८ साल चैत ७गतेदेखि शुरु गरिएको पहिलो ब्याचको फेलोशिप कार्यक्रम अन्तर्गत देशभरका ३ सया ५० जना आवेदक मध्येबाट उत्कृष्ट २० जनालाई सामाजिक उद्यमका लागि त्रिभुवन विश्वा बिद्यालय आबद्ध व्यवस्थापन सन्काए सँग सहकार्य गर्दैनिःशुल्क तालिम कक्षा संचालनगरिरहेको छ ।
फेलोशिप कार्यक्रमका सहभागिहरुले कृषि, सूचनाप्रविधि, हस्तकला,खाद्यन्न, कपडा उत्पादन, कफीशप संचालन लगायतका क्षेत्रमा सामाजिक उद्यम अघि बढाएका छन् । हरेक महिना तीन दिन आवासीय सिकाइ र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार गरिएको फेलोशिपतालिम ६ महिना सम्म चल्छ । बाँकी ६ महिनाका लागि सबै सहभागिहरुलाई मेन्टर सेवादिएर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि सहयोग गरिन्छ । सामाजिक उद्यम विकासका लागि शुरु गरिएको यो नयाँकार्यलाई प्रोत्साहनगर्न Enabler of Social Entrepreneurship Award प्रदानगरिएको आयोजकको भनाइ छ ।
CNIYEF Nepal StartUp Fest 2022 युवाहरुलाई उद्यमशिलता प्रबर्धन गर्न आयोजनागरिएकोे थियो । यस कार्यक्रममा नेपालमा उद्यमशिलता बिकासमा स्थापित उद्यमी तथा अन्य व्यक्तित्वहरुबाट विभिन्न विषयहरुमा प्रेरणादायी वक्तब्यहरु प्रस्तुतगरिएको थियो ।उक्त्तकार्यक्रममा७ वटा नेपाली स्टार्टअपहरुले व्यवसाय विस्तारका लागी २४ करोड ५० लाख रुपैंया लगानी प्राप्त गरेका छन् ।कार्यक्रमको उद्घाटन समरोहमा प्रमुख अतिथि,माननीयमन्त्री दिलेन्द््रप्रसाद बडु, उद्योग वाणिज्य तथाआपूर्ति मन्त्रालय तथा नेपाल सरकारका अन्य उच्च पद स्तकरीहरुको उपस्थिती रहेको थियो ।


प्रतिकृया दिनुहोस्