नबिल दिगो बैंकिङ को बार्षिकोत्सवमा“Nabil Green Week“मनाइदै ।
काठमाडौ। ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशिलता प्रवर्धन एवम् नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई सघाउने उद्देश्यका साथ २०७८ धान दिवसको दिनप्रारम्भ गरिएको ‘नबिलदिगो बैंकिङ’ले आज एक वर्ष पूरा गरेको छ । उक्त एक वर्षमा नबिल बैंकमात्र नभएर सिङ्गै नेपाली बैंकिङ जगतमा ‘नबिलदिगो बैंकिङ’ एक नवीनपहलको रूपमा स्थापितभएको बैंकको ठहर रहेको छ ।
आफ्नो प्रारम्भिक कालबाटै हाइड्रोमा लगानी गर्ने देखि लिएर सहुलियत कर्जा प्रदान गर्नाका साथै सामाजिक वातावरण तथा उत्तर दायित्वका क्षेत्रमा काम गरी दिगो बैंकिङको अभ्यास गर्दै आइरहेको नबिलले हालसम्म नेपालको विभिन्न भू–भागमा तथा वित्तीय क्षेत्र उल्लेखनीय सफलताहरू हातपारेको बैंकले जनाएको छ । बैंकले ‘नबिलदिगो बैंकिङ’अन्तर्गत वित्तीय पहुँच न्यून भएका आम जनतालाई लक्षितगर्दै दुई किसिमका नबिल कर्जाः ‘नबिल किसान कर्जा’ र ‘नबिल उद्यमशील कर्जा’ ल्याएको छ । आफ्ना १७दुर्गम शाखाबाट सुरु गरेको यस कर्जा अन्तर्गत २०७९ जेष्ठ मसान्त सम्म कुल ५७१ किसा नतथा साना उद्यमीलाई करीब ४१ करोड कर्जा उपलब्ध गराएको र तीमध्ये करीब ६००० महिलाहरू रहेका बैंकले जानकारी दिएको छ ।
यसैगरी ‘नबिलदिगो बैंकिङ’का उद्देश्यहरूमध्ये वातावरण र सामाजिक सरोकार र सम्र्बधन एक अत्यन्तै महत्वका साथ अगाडि बढाइरहेको उद्देश्य रहेको बैंकले उल्लेख गरेको छ । तसर्थ बैंकले व्यावसायिक संस्थाहरूलाई कर्जा प्रदानगर्ने बखत वातावरणीय र सामाजिक जोखिमहरूलाई ध्यानमा राखी ‘ईएसआरएम’ गाइड लाइनहरू अन्तर्गत मात्रकर्जा प्रदान गर्ने व्यवस्था रहेको छ । नबिल बैंकले सन् २०१८ देखिनै रू.१ करोडभन्दा बढी ऋण सुविधालिने र कमर्शियल लीजिङ, टर्म फाइनान्स वाप्रोजेक्ट फाइनान्स मध्ये कुनैपनि सुबिधा प्राप्त गर्ने ग्राहकहरूमा ‘एनभारोमेण्ट एण्ड सोसल रिस्क ड्यु डिलिजेन्स’ (ESDD)सञ्चालन गरिरहेको बैंकले बताएको छ ।
विश्वमा जलवायु परिवर्तनको बढ्दो चिन्तालाई ध्यानमा राख्दै बैंकले २०२१माएऋब्ँ को सदस्य तालिएको र आफ्नो कर्जा पोर्टफोलियो र लगानीसँग सम्बन्धित हरितगृह ग्याँस उत्सर्जन मापन र प्रतिवेदन गर्ने पिसिएएफको अङ्गभइसकेको पनि बैंकले जनाएको छ । साथै नबिल बैंकले २६ मार्च २०२२ मा विश्वभर मनाइने अर्थ आवरको अवसरमा बौद्धनाथ स्तुपमा रहेको प्रेयर फ्ल्यागलाई बायोडिग्रेडेबल प्रेयर फ्ल्यागले प्रतिस्थापन गरी पर्यावरणमैत्री सचेतना अभियान सुरु समेत गरेको छ ।
देशमा सामाजिक उद्यमशिलता विकास, प्रोत्साहन र प्रबर्धन गर्नका निम्ति र उद्यमिहरूको विकास र पोषण, तिनीहरूलाई असमानता र वञ्चिति करण जस्ता सामाजिक समस्याहरू समाधन गर्न र दिगो सामाजिक कम्पनी निर्माणमा सहायता गर्ने ध्येयका साथ नबिल बैंकले २०७८, मंसिर ०१गते नबिल स्कुलअफ सोसल अण्ट्रप्रेनरशिपको स्थापना गरिएको हो । नबिल स्कुलअफ सोसल अण्ट्रप्रेनरशिपको स्थापना गरेको छ ।
यसैगरी संस्था भित्रैबाट दिगो अभ्यासहरूलाई आन्तरिकी करण गर्दै नबिल बैंक दिगो भविष्य तर्फ अगाडि बढ्न बैंकले आषाढ १५, २०७८ बाट ‘नबिल स्टाफका लागिदिगो अभ्यासहरू’ योजना पनि ल्याएको कम्पनीले उल्लेख गरेको छ । यस योजना अन्तर्गत दिगो बैंकिङ गतिविधिहरूप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सशक्त बनाउन नबिल बैंकले आफ्ना सबै कर्मचारीहरूको व्यक्तिगत र व्यावसायिक जीवनमा समावेश गर्न सकिने किसिमका केही दिगो अभ्यासहरू अपनाएको बैंकले जनाएको छ ।
स्थानीय बजारमा कृषि प्राविधिकहरूलाई कृषि उद्यमीको रूपमा स्थापित गर्नका लागि“कृषिदूत“ (कृषिदूत) विकास गर्ने उद्देश्यका साथ नेपालमै पहिलो पटक कृषि प्राविधिकहरूलाई कृषि ऋणको प्रावधानपनि बैंकले प्रारम्भ गरेकोबताएको छ ।
यसका अतिरक्त’नबिल दिगो बैंकिङ’को वार्षिकोत्सव र राष्ट्रिय धान दिवसको अवसरमा नबिल बैंकले एक हप्ता लामो Nabil Green Week आषाढ १५ बाट सुरु गर्न लागेको बैंकले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्