आज पनि प्रतिनिधि सभा बैठक बस्दै

आज पनि प्रतिनिधि सभा बैठक बस्दै

 

काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । दिउँसो तीन बजे बस्ने बैठकमा ‘नेपाल नागरिकता’ विधेयक २०७९ (पहिलो संशोधन)बारे छलफल गर्ने तयारी गरिएको छ । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयक माथि विचार गरियोस भनी प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ । बुधबारको संसद बैठकमा गृहमन्त्री खाँणले विधेयक पेस गरेका थिए ।

नेकपा एमालेका सांसदहरु भीमबहादुर रावल र शेरबहादुर तामाङ तथा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दिए विरोध गरे पनि उनीहरूको विरोधको सूचना प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेपछि गृहमन्त्री खाँणले विधेयक पेस गरेका थिए।

 

लोकप्रिय