दूरसञ्चार प्राधिकरणका कर्मचारीहरु ४ बुँदे माग पुरा नभएसम्म आन्दोलित

दूरसञ्चार प्राधिकरणका कर्मचारीहरु ४ बुँदे माग पुरा नभएसम्म आन्दोलित

काठमाडौं । टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरु ४ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् ।नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनले कर्मचारीहरुलाई पर्याप्त शुद्ध हावा, प्रकाश एंव उपयुक्त तापक्रमको प्रबन्धसहितको कार्यक्षको व्यवस्थाको माग गर्दै हिजो सोमबारदेखि आन्दोलनमा उत्रिएको दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनका अध्‍यक्ष विजयकुमार राय यादवले बताए ।

उनले भने, ‘हामीले सोमबार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई चेतावनीसहितको पत्र बुझायौं। तर उहाँले सुन्नु भएन। त्यसकारण हामी बाध्य भएर आन्दोलनमा उत्रिएका हौं।आज दोस्रो दिन हो। शुक्रबारसम्‍म माग सम्बोधन भए थप आन्दोलन गर्छौं। ‘

अध्यक्ष यादवले सोमबार प्राधिकरणका अध्यक्षको कार्यकक्ष बाहिर धर्ना दिएको र कर्मचारी एंव युनियन सदस्यहरुले डिजिटल हस्ताक्षर टोकन संकलन गरी व्यवस्थापन समक्ष बुझाएको बताए ।
आन्दोलनमा उत्रिएका प्राधिकरणका कर्मचारीहरुले श्रम नियमावली, २०७५ को नियम ४४ ९ख० बमोजिम कर्मचारीहरुलाई पर्याप्त शुद्ध हावा, प्रकाश एंव उपयुक्त तापक्रमको प्रबन्धसहितको कार्यक्षको व्यवस्था हुनुपर्ने, युनियनको तर्फबाट गत २ पुसमा बुझाएका मागहरु पूरा हुनुपर्ने, कर्मचारीहरूलाई प्रदान गरिँदै आएको ऋण सापटी सुविधालाई बिमासँग तत्काल आवद्ध गरिनुपर्ने माग गर्दै आएका छन् । उनले भने, ‘हामीले आज प्राधिकरणका अध्यक्षको कार्यकक्ष बाहिर धर्ना दियौं। साउन १३ गते शुक्रबारसम्‍म हाम्रो माग सम्बोधन नभए दोस्रो चरणमा आन्दोलन घोषणा गर्छौं।’

 

लोकप्रिय