प्रजातन्त्रका सेनानी कृष्णभक्त सुवाल रहेनन्
भक्तपुर । प्रजातन्त्रका सेनानी कृष्णभक्त सुवालको गत शुक्रबार ९९ वर्षको उमेरमा निधन भएको छ ।
प्रजातान्त्रिक आन्दोलनको क्रममा २००५ सालमा नै भक्तपुरबाट राणा विरोधी आन्दोलनमा सक्रियतापूर्वक भाग लिएका स्व।सुवाल तत्कालिन समयमा एक विख्यात क्रान्तिकारी हुनुहुन्थ्यो ।
प्रजातन्त्र स्थापना पश्चात् कुनै पदको लोभ नगरी नेपाली कांग्रेसको प्रत्येक संघर्षमा सहयोग गरि बस्ने सादगी सुवाल केही समय देखि अस्वस्थ हुनुहुन्थ्यो ।

जहानियाँ राणा शासनको विरुद्धमा अत्यन्त सक्रियतापूर्वक संघर्षरत भक्तपुरका होनाहार स्वर्गीय विष्णुभक्त भुजुको नेतृत्वमा भक्तपुरमा सञ्चालित श्री पद्म हाई स्कूल, कन्या विद्यालय जस्ता विद्यालय स्थापना गर्न पनि सुवालको महत्वपूर्ण भूमिका रहेको थियो ।
प्रजातन्त्रका सेनानी स्व. सुवालको निधनले प्रजातान्त्रिक आन्दोलनमा क्षति पुगेको, भक्तपुर कांग्रेसको ठहर छ । उहाँको अन्तिम दर्शन गर्दै पार्थिव शरीरमा नेपाली कांग्रेसको चारतारे झण्डा ओढाई भक्तपुर जिल्ला कांग्रेस सभापति दुर्लभ थापाले श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
स्वर्गीय श्रेष्ठको गत शुक्रबार भक्तपुरकै हनुमानघाटमा दाह संस्कार गरिएको थियो ।
स्वर्गीय सुवालको चारमध्ये हाल तीन छोरा र तीन छोरी हुनुहुन्छ । उहाँका नातिनी ज्वाईं जीवन श्रेष्ठ भने नेपाली कांग्रेस भक्तुरको निर्वाचित जिल्ला सदस्य एवं प्रभावशाली नेता हुनुहुन्छ ।


प्रतिकृया दिनुहोस्