साउन २६ गते मंगलबारकाे राशिफल यि राशिलाई शुभ ?
![साउन २६ गते मंगलबारकाे राशिफल यि राशिलाई शुभ ?](https://dainiksamaj.com/wp-content/uploads/2021/08/2-rashifal-monday.jpg)
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
तपाईले पूरा दिन शारीरिक र मानसिक थकान महसुस गर्नुहुनेछ। परिश्रम गरे अनुसार सफलता प्राप्त नहुँदा निराश भावना उत्पन्न होला। कामको भागदौडमा परिवार तर्फ ध्यान दिन सक्नुहुनेछैन। निर्धारित व्यवहारले कसैलाई हानि होला।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
हरेक कार्य दृढ आत्मविश्वास र मनोबलका साथ पूरा गर्नुहुनेछ र त्यसमा सफलता मिल्नेछ। पिताको तर्फबाट केहि लाभ मिल्नेछ। विधार्थीले पढाईमा राम्रो प्रदर्शन गर्नेछन्। सन्तानको पढाई वा अन्य मामिलामा पैसा खर्च हुनेछ। कलाकार तथा खेलाडीले आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन्।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
नयाँ योजना सुरु गर्नको लागि अनुकुल दिन छ। व्यवसाय गर्ने व्यक्तिलाई सरकारको तर्फबाट लाभ मिल्नेछ। शारीरिक तथा मानसिक स्वास्थ्य स्वस्थ रहला। लामो यात्राको आयोजन गर्नुहुनेछ। प्रतिस्पर्धी समक्ष विजय प्राप्त होला।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
शारीरिक र मानसिक अस्वस्थता अनुभव होला। परिणामस्वरूप मनमा नकारात्मक विचार उत्पन्न होला। कसैसँग गलत धारणा खडा हुँदा मनमुटाव हुन सक्ला। विधार्थी पढाईमा ध्यान दिन सक्षम हुदैनन्। अनैतिक प्रवृत्ति तर्फ मन नडुलाउनु होला।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
आत्मविश्वास र दृढ निर्णय शक्तिको कारण कार्य पूरा गर्नुहुनेछ। समाजमा मान-प्रतिष्ठा बढ्नेछ। पिता तथा अभिभावकको सहयोग प्राप्त हुनेछ। वैवाहिक जीवनमा संवाद होला। स्वास्थ्य सम्बन्धि मामिलामा गुनासो रहनेछ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
शारीरिक अस्वस्थताको साथसाथै मानसिक चिन्ता वृद्दि हुनेछ। पारिवारिक सदस्यसँग मनमुटाव होला। आकस्मिक खर्च होला। अदालती कामलाई सकेसम्म टाल्नुहोला। आँखा सम्बन्धि समस्या रहला।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
विभिन्न क्षेत्रमा लाभ मिल्नाले शारीरिक र मानसिक रुपले स्वस्थ र प्रफुल्लित रहनुहुनेछ। दैनिक कार्यको हिस्सा बन्नुहुनेछ। उत्तम वैवाहिक सुख प्राप्त होला। अविवाहितको विवाह हुने योग छ। आय वृद्दि होला। स्त्री मित्रसँग भेट हुनेछ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
तपाईको हरेक कार्य सजिलै पूरा हुनेछ। घरायसी जीवन आनन्दमयी रहला। मान-प्रतिष्ठा वृद्दि हुनेछ। पेसा-व्यवसायमा प्रगति होला। उच्च पदाधिकारी र वृद्दको तर्फबाट लाभ मिल्नेछ। सन्तानको प्रगतिबाट मन खुशी रहनेछ। शारीरिक स्वास्थ्य स्वस्थ रहला।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
शरीरमा थकान र बेचैनी रहला। स्वास्थ्य स्वस्थ रहला। मन चिन्ताले व्याकुल रहनेछ। सन्तानको विषयमा चिन्ता उत्पन्न होला। भाग्यले साथ नदिएको महसुस हुनेछ। प्रतिस्पर्धीसँग वाद-विवाद टाल्नुहोला।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
खानपिनमा विशेष ध्यान राख्नुहोला। नकरात्मक विचार र रिसलाई टाढा राख्नुहोला। पेसा-धन्दाको क्षेत्रमा प्रतिकुल वातावरण रहला। नयाँ सम्बन्ध स्थापित गर्नुपुर्व सोचविचार गर्नुहोला। यात्रा वा व्यापारिक कार्यमा खर्च होला।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
आत्मविश्वास र दृढ मनोबलक साथ प्रेम र रोमान्समा दिन बिताउनुहुन्छ। विपरीत लिंगीय व्यक्तिसँग परिचय र मित्रता बढ्नेछ। सार्वजनिक मान -सम्मान वृद्दि हुनेछ। उत्तम वैवाहिक सुख प्राप्ति होला।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
घरमा सुख शान्ति र आनन्दको वातावरण बनिरहनेछ। दैनिक काम आत्मविश्वासपुर्वक राम्रो तरिकाले गर्न सक्नुहुन्छ। स्वास्थ्य स्वस्थ रहनेछ।यधपी स्वभाविक उग्रता र बोलीको आक्रमकतामा ध्यान राख्नुपर्ने हुन्छ।
प्रतिकृया दिनुहोस्