सुन जस्तो देखिने धातुको वाला थान( ३ ९कुल तौल १५०ग्राम० सहित मानिस पक्राउ
काठमाडौँ ।
आज मिति २०७८ –०४ – २६ गते अन्दाजी ०९ ः ४५ बजे जि रामेछाप रस्नालु गा।वि।स।स्थायी वतन भई हाल का.जि.का.म.न.पा.वडा नं. ०६ कुमारीगल बौद्ध बस्ने वर्ष २५ को सन्तोष बस्नेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियामा आई संकास्पद अवस्थामा उभिएकोमा निग्रानी गर्दै जाँदा निजले जजिरा एयरलाइन्सको (बिहान अ.०७ः००बजे ल्याण्ड भएको)उडानद्वारा साउदीबाट काठमाण्डौं आगमन भएका विभिन्न यात्रुहरुलाई भन्सार छली गर्न लगाई ल्याउन लाएको सुन जस्तो देखिने धातुको वाला थान( ३ कुल तौल १५०ग्राम अबैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा फेला परिएको हुँदा सुनको बाला सहित निजहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको छ ।
प्रतिकृया दिनुहोस्