बाढीपिडितका लागि जापानमा जुट्यो ठुलो आर्थिक सहयोग
जापान । जापानबाट नेपालका बाढीपीडितका लागि मानवीय हातेमालो CODO International Collegeद्वारा ३ दिनमै रु. (९,०१,०६५ सहयोग संकलन CODO International College, Fukuoka–Tosu, Japan नेपालमा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि जापानको फुकुओका, तोसुस्थित CODO International College ले उल्लेखनीय मानवीय सहयोग जुटाएको छ।
कलेज तथा CVG Group को पहलमा बाढीपीडित नेपालीहरूको राहतका लागि ३ दिनमै रु. ९ लाख १ हजार ६५ रुपैयाँ सहयोग रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। सात समुद्रपारि रहेर पनि मातृभूमिमा परेको विपत्तिको पीडालाई आफ्नै पीडाका रूपमा आत्मसात् गर्दै छोटो अवधिमै यति महत्वपूर्ण सहयोग जुटाउनु मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र नेपालप्रतिको आत्मीयताको प्रेरणादायी उदाहरण हो।
विपद्को कठिन घडीमा पीडित नेपाली नागरिकका लागि सहयोगको हात अघि बढाउने CODO International College, CVG Group तथा सहयोग संकलनमा सहभागी सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी र शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछौँ। विशेष रूपमा कलेजका प्रिन्सिपल श्री Yamamoto ज्यूको नेतृत्व, सहकार्य र प्रेरणाका लागि हार्दिक आभार व्यक्त गर्दछौँ।
साथै सहयोग संकलनमा सक्रिय नेपाली विद्यार्थी कुशल डोटेल लगायत सम्पूर्ण नेपाली विद्यार्थी तथा कलेज परिवारप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। दुःखमा साथ दिनु नै सच्चा मानवता हो।CODO International College, Fukuoka–Tosu, Japan का प्रिन्सिपल श्री Yamamoto ज्य तथा सहयोग संकलनमा सक्रिय नेपाली विद्यार्थी कुशल डोटेल लगायत सम्पूर्ण विद्यार्थी एवं कलेज परिवार बाट सहयोग रहेको थियो ।


लेखकको सम्वन्धमा