राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
काठमाडौं । आज प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार बिहान साढे ८ बजे बस्ने बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खा सैनिकसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
बैठक कानून,न्याय तथा मानव अधिककार समितिको सभाकक्ष, सिंहदरबारमा बस्ने समितिले जनाएको छ ।


प्रतिकृया दिनुहोस्