पोखरा महानगरको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल

पोखरा महानगरको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल

 

पोखरा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा मुक्तिराम अर्याललाई पठाएको छ । सरकारले हालै सार्वजनिक गरेको ७२ जना सहसचिवको सरुवामा लोकसेवा आयोग, जलेश्वरमा कार्यरत अर्याललाई पोखराको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको हो । गुल्मीका मुक्तिराम २०८१ मा सहसचिवमा उत्तीर्ण भएका हुन् ।
यसअघिका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले असार ३ गते अनिवार्य अवकाशमा गएका थिए ।

लोकप्रिय