सत्याल द अनलाइन लर्निड प्लाटफर्मद्वारा अनलाइन लर्निड प्लाटफर्म सार्वजनिक

सत्याल द अनलाइन लर्निड प्लाटफर्मद्वारा अनलाइन लर्निड प्लाटफर्म सार्वजनिक

बिराटनगर-शैक्षिक नवप्रवर्तनमा अग्रिणी संस्था सत्याल द अनलाइन लर्निड प्लाटफर्म प्रा.लिले आफ्नो नयाँ सेवा सत्याल लर्निङवारे जानकारी गराएको छ।

स्वर्गीय प्रकाशक अजय कुमार सत्यालले ३५ वर्षअघि स्थापना गरेको सत्याल पब्लिकेशनले सञ्चालनमा ल्याएको सत्याल लर्निङले नयाँयुगको डिजिटल शिक्षातर्फ बिकाश गरेको अनलाइन लर्निड प्लाटफर्म सार्वजनिक गरेको हो ।

२०७९ सालमा परिक्षणकालागी सार्वजनिक गरिएको वेभसाईट अपडेट गरि पुर्न सार्वजनिक गरिएको थियाे । प्याब्सन मोरङ, विराटनगरमा भएको प्रदर्शनी कार्यक्रममा प्याब्सन विराटनगर अन्तर्गतका विभिन्न विद्यालयका ६० भन्दा बढी प्रतीनिधि तथा विद्यालय सञ्चालकहरूको सहभागीता रहेको थियो ।

२०४१ सालमा सत्याल बुक्स सेन्टरको रूपमा सत्याल प्रकाशन नेपालको औद्योगिक सहर विराटनगरमा स्थापना भएको संस्था हो । पुरानो र सबैभन्दा प्रतिष्ठित शैक्षिक प्रकाशन गृहको रूपमा यस संस्था छिट्टैप्रसिद्ध भयो ।

सत्याल पब्लिकेशनले शिक्षाको क्षेत्रमा पहिलो निजी संस्थाको रुपमा सत्याल प्रकाशन शिक्षक तालिम परियोजना (एस्पिटिपी) पनि समेत चलाएको थियो।

लोकप्रिय