सुन तस्करीको लहरमा कम्युनिष्ट

सुन तस्करीको लहरमा कम्युनिष्ट

 

काठमाडौ । क्रान्तिकारी कम्युनिष्टहरु झ्वामनिष्ट बन्दाको क्षणले अहिले देश हल्लाएको छ । भ्रष्ट कांग्रेस हो भन्ने नेकपा एमाले र माओवादी भित्र कस्ता चरित्र छन् त्यो देखिन थालेको छ । साँवाको संरक्षण गरे व्याज आउँछ । तर कम्युनिष्टहरुले साँवा नै हजम गर्ने गरेको कुरा राज्यको राजस्व मारेर एयरपोर्टबाट भएको सुन तस्करीमा उपराष्ट्रपति देखि पूर्व सभामुखसम्म पुगेपछि १० वर्षे युद्धकारी, क्रान्तिकारी माओवादी नाङ्गै भएको देखियो ।
तस्करीमा तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्यारा झलकराम अधिकारी देखि एयरपोर्टका कर्मचारी र प्रहरीको समेत संलग्नता देखियो । माओवादीले सत्ता गठबन्धनमा नेपाली कांग्रेसलाई धोका दियो । कांग्रेसका दुई नेताका कारण फेरिएको सत्ता एकाएक बद्नाम भयो ।
यो गठबन्धनको नायक एमाले अध्यक्ष केपी ओली हुन् । ओली नै नीतिगत भ्रष्टाचारमा सहभागि नायक हुन् । ओलीले थामसेकुँ, हिमालयन एयर, तारा एयर, ओम्नी, हुकाम जस्ता कम्पनीलाई सरकारको सम्पत्ति पोसेर चर्चा कमाए ।
परिवारमोह मै प्रचण्ड
प्रधानमन्त्री प्रचण्डले भाई भारदार छोरीहरुको मात्र होइन ज्वाईंको समेत कल्याण गराए । जनयुद्धको फल यही हो । पदमा पुगेर मर्यादा बचाउन नसक्ने लम्पटहरु माओवादीको क्रान्तिकारी आडम्वर भित्र फल्न थालेको १७ वर्षमा कुहिएर फत्त फत्त झरेको छ । अहिले पार्टी अध्यक्षले रातारात गठबन्धन फेर्नुप¥यो । पहिलो पटक २६८ मत पाएका प्रण्डले यसपटक १५७ मत प्राप्त गरेका छन् । कांग्रेसलाई धोका दिनु प्रचण्डको लागि डा. शेखर र गगन थापा कारक भएका छन् ।
यी बद्नामीका पात्र हुन
कांग्रेसको नाउँमा बद्नाम कमाएर चर्चामा आएका डा. प्रकाशशरण महत र मोहन बस्नेत जस्ता डा. आरजुका मुन्सीलाई हटाउन मानेको भए कांग्रेसलाई तड्पिनुपर्ने थिएन । कांग्रेस सत्ताबाट हट्नु पर्दाको पिडा संसदमा पोख्दै छ । त्यहाँ डा. शेखर पक्ष चुप छ तर, सभापति देउवा पक्ष सकारात्मकबाट एकाएक आक्रामक भएको कारण मुन्सीद्वयको जागिर खोसिनुको पीडा हो ।
कांग्रेस भ्रष्ट कम्युनिष्ट तस्कर भएर देश कंगाल बनाउने गणतन्त्रमा संघीयताका विरोधी मसालका मोहन विक्रम सिंहकी कान्छी दुर्गा पौडेलले राष्ट्रिय सभा सदस्य नपाउने भएपछि चित्रबहादुर केसी कांग्रेसी शरणमा पुगेका छन् । सत्ता पक्ष १५७ विपक्ष १०५ मत लिएर सदनमा डुक्रिदैछन् ।
सुन तस्करको लस्कर
सरकारले सुन तस्करलाई नछाड्ने भनेको छ । आफ्नो अर्को नभनी कारबाही थाल्नु भन्दै प्रमले दिएको निर्देशन अनुसार पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका पुत्र दिपेश पुन पक्राउ परेका छन् । यो क्रम चर्कँदै जाँदाको को कति पानीमा छ त्यो देखिन्छ । प्रचण्ड सरकारको तेस्रो रनिङ्ग केही गर्ने हुटहुटी बढेको छ । त्यो समयको माग हो । उपप्रमहरुको लस्कर धेरै छ । रवि लामिछाने गृहमन्त्री छन् । उनी आफैँ सहकारी पिडक हुन् । उनको अपराधलाई प्रधानमन्त्रीले लुकाउँछन् कि ? जे होस् त्यो छारष्ट पारेर उपप्रम तथा गृहमन्त्री पद खुस्कने वातावरण त बन्छ बन्दैन शका छ । रोल्पाका यी माओवादी नेताहरु यति गिर्लान् र जनयुद्धको इतिहासमा कालो पोत्लान् भन्ने सोँच कसैको थिएन । विपक्षीले मसला धेरै पाएको छ ।
आफ्नो विगत हेर कांग्रेस
समस्याका चाङ्ग छन् । हिजो कांग्रेसका अर्थमन्त्री थिए । स्वास्थ्य, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री थिए । तीनले सहकारी पीडित लघुवित्त पीडित, मिटरव्याज पिडितको समस्या समाधान कति दिए र आज संसदमा रमिता देखाए ? यही हो सत्ता अन्धो हुन्छ भनेको छ । समस्याबाट बेखबर त्यो समयका अर्थ, स्वास्थ्य, उद्योगमन्त्रीले बोल्ने ठाउँ छैन । यिनले कांग्रेस खोज्दा स्वास्थ्य क्षेत्र तथा अस्पतालहरु आतंकित थिए । अहिले हतारिँदा आफ्नै अनुहार उदाङ्गो हुने कुरा सोच्नुपर्दछ ।

लोकप्रिय