न्युटन इन्टरनेशनल कलेजले बार्षिकोत्सव कार्यक्रम सम्पन्न

न्युटन इन्टरनेशनल कलेजले बार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौँ -न्युटन इन्टरनेशनल कलेजले बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । गोकर्णेश्वर नगरपालिका काठमाडौँ स्थित न्युटन इन्टरनेशनल कलेजले बार्षिकोत्सव कार्यक्रम संघिय सांसद तथा अर्थ समिति सभापति समेत रहेका सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको  हाे ।

पूर्व प्रधानसेनापति प्याराजङ थापाको सभापतित्वमा संचालन भएको कार्यक्रममा बागमती प्रदेश सभा ‘क’ का सदस्य छिरिङ दोर्जे लामा र गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल समेत विशिष्ट अतिथीको रुपमा उपस्थित रहेका थिए ।।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख दिपेशराज आचार्यले न्युटन इन्टरनेशनल कलेज सदैव गुणस्तरिय शिक्षातर्फ लम्किरहेको प्रतिबद्ध रहेको जानकारी गराएका थिए । कार्यक्रममा कलेजका विद्यार्थीहरुले नृत्य, गीत, कविता तथा प्रहसनको समेत प्रस्तुती दिएका थिए ।

छिमेकी पार्टी प्यालेसमा भएको यस कार्यक्रममा एट्लान्टिक स्कुलका संस्थापक बच्चु चौँलागाईले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम कलेजका नेपाली शिक्षक पशुपति सापकोटाले संचालन गरेका थिए ।

लोकप्रिय