एसपी बढुवाको बिषयमा आइजिपीमाथि प्रश्न उठाएर समाचार प्रसारण गरेछि पत्रकार रमिला योञ्जनको बाइलाइन समाचार अनलाइनबाट अटोम्याटिक ब्लक

राजु नेपाल
काठमाडौ । प्रहरी प्रधान कार्यालयमा गत बुधबार बसेको बढुवा समितिको बैठकले लामो समयदेखि रिक्त एसपी पदमा ८ जना डीएसपीको बढुवा गरेको हो । रिक्त आठ दरबन्दीमा बढुवाका लागि १२ जना प्रतिस्पर्धामा थिए ।
नौ महिनादेखि रिक्त रहँदै आएको एसपी पदमा ठूलो रस्साकस्सीपछि बुधबार राती बढुवा सिफारिस गरिएको थियो । रिक्त पदमा समयमै बढुवा नगर्दा वृत्ति विकासलगायतमा असर परेको अधिकारीहरूले बताउँदै आएका थिए । साउन २० गते एक, भदौ १४ गते थप एक, मंसिर चार गते पाँच र माघ १६ गते थप एक गरी ८ जना एसपीको पद रिक्त रहँदै आएको थियो ।
डीएसपीबाट एसपी बढुवाको सिफारिस गर्ने समितिमा आईजीपी अध्यक्ष रहने व्यवस्था छ । राजपत्रांकित द्वितीय श्रेणीको पद एसपीमा बढुवा सिफारिसका लागि बन्ने समितिमा आईजीपी अध्यक्ष तथा गृह मन्त्रोलयको सहसचिव सदस्य र आईजीले तोकेको एआईजी वा डीआईजी सदस्य सचिव रहने व्यवस्था छ ।
उक्त समितिले ८जना डीएसपीलाई एसपी बढुवाका लागि सिफारिस गरेका थिए ।
एसपी बढुवा वरियाताको पहिलो नम्बरमा लामो समय देखि चर्चामा नाम भएको अपराध अनुसन्धान मानवस्रोत ब्यावस्थापन शाखा महाराजगन्जमा कार्यरत डिएसपी प्रदिप क्षेत्रीको नाम भने बढुवा समितीले लिस्ट बाट नै नाम हटाएको भन्ने बिषय बस्तुलाई समेटेर आइजीपी माथि प्रश्न उठाउदै पत्रकार रमिला योन्जनले लेखेको समाचार क्रिसमन सञ्चार नामक अनलाइनबाट प्रसारण भएको थियो ,ु।
प्रसारण भएको केहि घण्टा नबित्दै उक्त समाचार अनलाइनबाट फेसबुक म्यासेन्जर टुइटर इष्टाग्राम आदिमा सेर गर्न नमिल्ने गरि अटोम्यटिक ब्यल गराईएको पाईएको छ ।
एसपी बढुवामा राजनिती हावी हुँदै भन्ने बिषयको उठान गदै पत्रकार योन्जनले गत जेष्ठ देखि नै आइजिपी माथि प्रश्न उठाउदै समचार सम्प्रेषण गर्दै आएको थियो ।
सोहि समचारको फलोअप गर्ने क्रममा गत मसिंर २४ गते पत्रकार योन्जनले सत्तारुढ दलका वर्तमान प्रधान सहित मन्त्री ,पुर्व प्रधान मन्त्रि ओली नेपाली काँग्रेश नेता राम शरण महत लगाएतको आसेपासे बढुवा हुनुपर्ने विशेष गरी प्र म र पुर्व प्रम ओलीको पुर्व पिएसोहरु एसपी बढुवामा छुट्न नहुने दबाब पछि आइजिपी चिन्तामा परेको कारण बढुवा प्रकृया रोकियो भन्ने बिषय उठाएर समाचार फलोअप गरेकी थिइन सो समाचार पव्लिक भएको ६ घण्टामा पत्रकार योन्जनको ब्यक्तीगत फेसबुक आइडी ह्याक भएको थियाृे ।
उक्त हयाक भएको फेसबुक बन्द गरी पाउ भनि योन्जनले गत फाल्गुन १५ गते भोटाहिटी स्थित नेपाल प्रहरीको साईबर ब्युरोमा उजुरी दिएकी थिइन तर हाल सम्म आइडी भने बन्द भएको छैन ।
यसै गरी एसपी बढुवा अन्योलता कायम मै शिर्षकमा गत फागुन २७ गते पनि पलो अप समाचार पत्रकार योन्जनको बाइलाइन बाट क्रिसमन सञ्चार अनलाइनमा प्रसारण भएको थियो ।
हाल भने क्रिसमन सञ्चारमा पत्रकार योञ्जनको बाइलाइन नाम बाट प्रसारित भएको जुनसुकै समचार नि प्रसारण भएको केहि समयमा नै अटोमेटिक ब्लक हुने र फेसबुक म्यासेन्जर लगाएत कुनै पनि सोसियल मिडियामा सेर गर्न नमिल्ने गरी ब्लक हुने गरेको पाईएको छ ।,
यो मेरो प्रेस स्वतन्त्रता माथिको प्रहार हो र आवाज दबाउन गरिएको प्रहार हो यो कसले गरायो वा ग¥यो र किन ग¥यो म आफै अनबिग्य छु, मैले लेखेको समचार जो कोहिलाई चित्त नबुझे मलाइ काबाहीको माग गर्न प्रेस काउनिसल नेपालमा पत्रचार गरि म सँग समचारको बारेमा स्पस्टिकरण लिन सकिन्छ तर यसरी अनलाईन बाट मेरो बाइलाइन भउको जुनसुकै समाचार नै अटोम्याटिक ब्लक गराउनु भनेको कायरता पुर्वक पछाडी बाट प्रहार गर्नु हो पत्रकार योन्जनले भनिन्।
आजिपीलाई प्रश्न गदै गत जेष्ठ २ गते लेखेको समचारको शिर्षक ९आइजिपी साहेब भुल्नु भयो आफ्नो इतिहास।० यस्तो थियो ।
यसै गरी मसिर २४मा लेखिएको फलोअप समाचारको शिर्षक ९डिएसपी बाट एसपी बढुवा अन्योलमा, चिन्तामा आइजिपी ० यस्तो थियो ।
फाल्गुन २७मा गरिएको फलोअप समाचारको शिर्षक ९डीएसपीबाट एसपी बढुवामा अन्योलता कायमै ० यस्तो थियो ।
चैत १५मा आईजिपीलाई प्रश्न गदै पत्रकार योञ्जनले लेखेको समाचारको शिर्षक ९ आइजिपी साहब जसलाई कार्यसम्पादनमा उत्कृष्टताको उपाधी दिनु भयो उसैलाई बढुवा लिस्टबाट हटाउनु भयो रुयो कस्तो प्रशासन र सुशासन हो ।० यस्तो थियो ।
प्रतिकृया दिनुहोस्