औरही गाउँपालिका प्रमुख बिरूद्व मुद्दा दर्ता गर्दै अख्तियार

औरही गाउँपालिका प्रमुख बिरूद्व मुद्दा दर्ता गर्दै अख्तियार

 

लहान । सिरहाको औरही गाउँपालिका प्रमुख शिबजी यादव बिरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दर्ताको तयारी गरेको छ ।
अख्तियारले ६८ लाख ३७ हजार ६ सय ९१ रूपैयाँ बिगो दाबि सहित औरही गाउँपालिका प्रमुख सहित ५ जना कर्मचारी बिरूद्ध बिशेष अदालतमा मुद्दा दर्ताको तयारी गरेको हो ।
अख्तियारको केन्द्रीय कार्यालय स्रोतका अनुसार गएको आर्थिक बर्ष कर्मचारीको मिलोमतोमा बिकास निर्माण लगायत खरिद प्रकृयाको अनाधिकृत रूपमा कागजपत्र मिलाएर भ्रष्टचार गरेको ठहर भएकाले गाउँपालिका प्रमुख यादव सहित ५ जना कर्मचारी बिरूद्व मुद्वा दर्ताको तयारी गरिएको हो ।
औरही गाउँपालिका अनियमितता प्रकरणको अनुसन्धानरत अख्तियारका एक कर्मचारीका अनुसार गाउँपालिका प्रमुख यादवले माग गरिएका आबस्यक कागजपत्र उपलब्ध गराउन आनाकानी गरेको , अनुसन्धानमा सहयोग नगरी सम्पर्कबीहिन हुने गरेकाथिए ।
भ्रष्टचार गरेको ठहर गर्दै अख्तियारले औरही गाउँपालिका प्रमुख शिवजी यादव विरूद्व मुद्दा दर्ताको तयारी गरिरहेकाबेला स्थानियहरूले भने गाउ यादव कुनैबेला मजदूर रहेको , धार्मिक गतिविधीमा संलग्न रहेको , सर्वसाधरण जनताको सेवामा निस्वार्थ भावले सक्रिय रहेकाले भ्रष्टचारमा कुनैपनि हालतमा संलग्न हुनै नसक्ने जिकिर गरेका छन् ।
गाउँपालिका अध्यक्ष यादवलाई नजिकबाट चिनेका औरहीका एक एमाले नेताले भने–‘कर्मचारीहरूले शिवजीको सोझोपनको फाईदा उठाएर फसाउन खोजेको हुनसक्छ । तर , शिवजी पैसाको पछि लाग्नेखालको मान्छे होईन ।’
तर, कागजपत्रले भ्रष्टचारमा अध्यक्ष यादवको संलग्नता प्रमाणित भएकाले मुद्दा दर्ताको तयारी गरेको अख्तियारका तिमी कर्मचारीले बताए ।

लोकप्रिय