ल क्याम्पसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

ल क्याम्पसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रर्दशनिमार्ग,काठमाडौँ-नेपाल ल क्याम्पसकाे अनेरास्ववियु कमिटीले विदेश नीतिमा अन्तराष्ट्रिय प्रभाव बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

पुर्व पराराष्ट्रमन्त्री डा.विमला राई पौड्याल, नेपाल ल क्याम्पसकी लेक्चर युत्सा भट्टराईकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे हाे । कुशराज जोशीको सहजिकरणमा  प्रर्दशनिमार्ग स्थित क्याम्पसको सभाहलमा  कार्यक्रम  सञ्चालन भएको हाे ।

उक्त कार्यक्रम नेपाल ल क्याम्पसमा बिभिन्न तहमा अध्ययनरत बिद्यार्थीहरुको उपस्थिती रहेकाे थियाे । कार्यक्रमा बिदेश नीतिमा अन्तराष्ट्रिय प्रभाव सम्बन्धीत बिभिन्न बिषयमा छलफल भएको थियो ।

उक्त छलफलमा पुर्व पराराष्ट्रमन्त्री डा.विमला राई पौड्यालले आफ्नो धारणा र भोगाई ब्यक्त गर्दै नेपाल कुटनीतिमा बिभिन्न कालखण्डमा नराम्ररी सँग चुकेका उदाहरणा दिदै राम्रा कार्यहरूबारे पनि प्रकाश पार्नु भयाे । साथै लेक्चर युत्सा भट्टराईले यस सम्बन्धमा नेपाल सरकारबाट भएगरेका कमी कमजोरी माथी प्रकाश पार्नु भयो ।

अन्तरक्रियाका क्रममा ल क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुले पुर्व पराराष्ट्रमन्त्री पौड्याल तथा लेक्चर भट्टराईलाई बिभिन्न प्रश्नहरु गरेका थिए ।

तिनै प्रश्नहरु माथी छलफल र उत्तर दिदै कार्यक्रमको समापन भएको थियो । कार्यक्रमको समापनमा अतिथी पुर्व पराराष्ट्रमन्त्री पौड्याल तथा लेक्चर भट्टराईलाई ल क्याम्पस अनेरास्ववियुले मायाँको चिनो सहित बिदाई गरेको थियो ।

लोकप्रिय