सुदूरपश्चिमको मन्त्री छान्दा चौधरी दम्पतिबीच फेरी लफडा

सुदूरपश्चिमको मन्त्री छान्दा चौधरी दम्पतिबीच फेरी लफडा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी भित्रको विवाद झन चर्किएको छ ।

सुदूरपश्चिममा मन्त्री बनाउने विषयमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठको गुटबीचको विवाद फेरी चर्किएको हो । श्रीमान श्रीमतीसमेत रहेका चौधरी र श्रेष्ठले नै अलग अलग गुट चलाएपछि नागरिक उन्मुक्तिको विवाद अझ बढ्ने संकेत देखिएको छ ।

अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको लागि कैलाश चौधरीको नाम सिफारिस गरेकी थिइन् । तर, पार्टीका संरक्षक रेशम चौधरी पक्षले घनश्याम चौधरीको नाम सिफारिस गरेकोमा घनश्याम पछि हट्दै पूर्व मन्त्रीसमेत रहेका रामेश्वर चौधरीलाई अगाडि सारेका छन् । नागरिक उन्मुक्ति पार्टीको दलको नेतासमेत रहेका घनश्यामले रामेश्वर चौधरीलाई वन मन्त्रीका लागि अगाडी सारेका हुन् । रामेश्वर चौधरीले दलको पत्र पाएको बताएका छन् ।

 

लोकप्रिय