प्रज्ञा–प्रतिष्ठानमा ‘खालिङ भाषा साहित्यको वर्तमान अवस्था’ विषयक विमर्श कार्यक्रम सम्पन्न

प्रज्ञा–प्रतिष्ठानमा ‘खालिङ भाषा साहित्यको वर्तमान अवस्था’ विषयक विमर्श कार्यक्रम सम्पन्न

 

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले ‘मातृभाषा साहित्यु १५ औँ शृङ्खलाको ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरेको थियोे। यस अवसरमा भाषा अध्येता अर्जुन खालिङ रचित ुखालिङ भाषा साहित्यको वर्तमान अवस्थाु विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे।
प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञा९प्रतिष्ठानको मातृभाषा साहित्य शृङ्खला सञ्चालन भएपछि विभिन्न जातजाति र भाषाभाषीमा उत्साहजनक जागरुकता र चासो देखा परेको छ। यसै क्रममा ुखालिङ भाषा साहित्यको वर्तमान अवस्थाु विषयक विमर्श भएको हो। तथापि पुँजीवादी चिन्तन र राज्यसंयन्त्रको प्रभावका कारण मातृभाषीले नै मातृभाषा बोल्न छाडेका छन्। यसले गर्दा मातृभाषामा सङ्कटापन्न अवस्था सिर्जना भइरहेको छ । त्यस्तो अवस्थाबाट जोगिँदै ुखालिङ भाषा र साहित्यु अघि बढ्नुपर्ने बताउनु भएको थियोे ।
प्रज्ञा९प्रतिष्ठानका सदस्य सचिव डा। धनप्रसाद सुवेदीले स्वागत मनतव्यका क्रममा कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै खालिङ भाषा साहित्यको मौखिक इतिहास र खोजअनुसन्धानको थप अध्ययन गर्नुपर्ने बताउनु भएको थियोे।
कार्यक्रमका सभाध्यक्ष तथा प्रज्ञा९प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य,साहित्य ९मातृभाषा ० विभाग प्रमुख राजन मुकारुङले मातृभाषा शृङ्खलाले मातृभाषी कविमा निकै ऊर्जा थपिएको छ।हाम्रो मेहनत र पसिनाले पुर्खाको भाषा र कथा बचाएका छौँ ।त्यसैले मातृभाषा ,साहित्य र संस्कृतिको संरक्षण गर्नु हामी सबैको दायित्व हो। यसै अनुरूप खालिङ भाषा साहित्यको वर्तमान अवस्थाबारे विमर्श गरिएको हो ।नेपालमा बोलिने सबै मातृभाषाको इतिहासलेखन, सिर्जना र खोजअनुसन्धानमा प्रज्ञा९प्रतिष्ठान निरन्तर लागिपरेको बताउनुभएको थियोे।
कार्यक्रममा कलाकार धर्ममुनिकारले रैथाने बाजा बाँसुरी प्रस्तुत गर्नु भएको थियोे । त्यस्तै माझी भाषाका कवि कोपिला माझी र थकाली भाषाका कवि रामबहादुर थकालीले कविता वाचन गर्नुभएको थियोे ।यसैगरी सहभागीका तर्फबाट रामबहादुर पहाडी,सुरेन शाक्य,प्रताप नाछिरिङ,रचना तामाङ,वदन शर्मा , गणेशकुमार राई ुगीलु रातोसु विसन खालिङ र धन बाहिङले सुझाव तथा जिज्ञासा प्रस्तुत गर्नु भएको थियोे ।उक्त कार्यक्रमको उद्घोषण प्राज्ञ चेतनाथ धमलाले गर्नुभएको थियोे।

लोकप्रिय