नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
धनबहादुर मगर
काठमाडौं भाद्र २०, नेपाल–हंगेरी मैत्री संघको ३० औं वार्षिक साधारणसभा काठमाडौं–लैनचौरको कपुरधारास्थित हर्टल्याण्ड क्याफेमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा हंगेरीका लागि अवैतनिक वाणिज्यदूत अरुणकुमार चाधरीले नेपाल र हंगेरीका जनता, जनता विचको सम्बन्धलाई अगाडि बढाउन लागि परेको र हंगेरी सरकारको तर्फबाट विगतमा पनि सहयोग गर्दै आएको बताउनु भयो ।
चौधरीले हामीले पठाउनु पर्ने र त्यहाँबाट ल्याउने कुरा भौगौलिक रुपमा दूरी रहेका कारण जसरी सोच अगाडि बढेको थियो त्यसरी बढ्न सकेको छैन तर पनि हामी हार मानेको छैन । ‘‘व्यापारिक दृष्टिकोणले ग्राण्उड होल्डमै रहेको बताउँदै अवस्थामा सुधार हुने बताउनु भयो । ‘‘काम गर्दा–गर्दै हारेको छैनौं ।’’ चौधरी भन्नु भयो । अहिले देशमा कल्पनै गर्न नसकिने गरि अकल्पनीय घटना घटेको छ । विकसित देशहरुले उत्सर्जन गरेको हरित गृह ग्याँसले जलवायू परिवर्तनहरु भइरहेको छ । त्यसको असर सिधै हामीजस्ता हिमाली देशले भोग्नु परेको बताउनु भयो ।
कार्यक्रममा नेपाल–हंगेरी मैत्री संघका पूर्व अध्यक्ष त्रिलोकसिंह थापा मगरले नेपाल–हंगेरी बिच विशेष गरि नेपालको मगर जाति र हंगेरीको मग्यार जाति बिचमा साँस्कृतिक पक्ष कति फरक छन् भनेर विगतमा हंगेरीका विद्धानहरुले अध्ययन गरेको स्मरण गर्दै, विगतमा नयाँ दिल्लीबाट राजदूत आएर कार्यक्रमहरु गर्ने गरेको समेत खुलासा गर्नु भएको छ । नेपाल र हंगेरीका विद्धान बुद्धिजीवीहरुको योगदानको कारण नेपाल र हंगेरीको सम्बन्धालाई कसरी अगाडि बढाउने भन्ने विषयमा सोच अगाडि बढेको बताउनु भयो ।
नेपाल–हंगेरी मैत्री संघका उपाध्यक्ष ३०औं वार्षिक साधारणसभाका अध्यक्ष वरिष्ठ अधिवक्ता गौबहादुर आले मगरले नेपाल–हंगेरी मैत्री संघ र नेपाल सरकार–हंगेरी सरकार बिचको सम्बन्ध आफ्नै ठाउँमा रहेको छ र हंगेरी जनता र नेपाली जनताको बिचका सांस्कृतिक, व्यापारिक, शैक्षिक सम्बन्ध बढाउने उद्देश्यले स्थापना भएको मैत्री संघ भौगौलिक रुपमा कनेक्टीभिटीको कारण कठिनाई भएपनि विस्तारै सम्बन्धहरु बढ्दै गएको बताउनु भयो ।
आले मगरले भविष्यमा सांस्कृतिक, व्यपारिक, शैक्षिक सम्बन्धलाई जोडदिने बताउदै जनस्तरीय रुपमा नेपालको मगर जाति र हंगेरीको मग्यार जातिको बिचमा अध्ययन अनुसन्धान बढाई सम्बन्धलाई जोड्ने काम भइरहेको बताउनु भयो । नेपालको मगर हंगेरीको मग्यार जाति बिच कति भिन्नता छन भनेर गहिरिएर अध्ययन गर्नु पर्ने पनि बताउनु भयो ।
यूरोपको पूर्वी भागमा रहेको देश हंगेरी गणतन्त्रबीच १९६१ मा नेपालसँग कुटनीतिक दौत्य सम्बन्ध स्थापना भएको थियो । २०५३ सालमा नेपालका बुद्धिजीविहरुको समूह मिलेर नेपाल–हंगेरी मैत्री संघको समेत स्थापना गरेको थियो ।
संघको उद्देश्य नेपाल र हंगेरीका जनताबीच मित्रता र सौहार्दपूर्ण सम्बन्धको विकास र सुदृढिकरण गर्ने, दुई देशबिच सामाजिक, साँस्कृतिक, शैक्षिक, आर्थिक र व्यापारिक सम्बन्धको विस्तार गर्ने, नेपालको मुगर समुदाय र हंगेरीको मग्यार समुदाय बिचको उत्पति अध्ययन अनुसन्धान गर्ने रहेको छ ।
वार्षिक प्रगति प्रतिवेदन मित्रबहादुर राना मगर, आर्थिक प्रतिवेदन भक्तबहादुर (डेनिस) थापा मगरले प्रस्तुत गर्नु भएको थियो ।


लेखकको सम्वन्धमा