भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद हट्यो

भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद हट्यो

काठमाडौँ । भ्रष्टाचारसम्बन्धी कसुरमा पाँच वर्षे हदम्याद हटाइने भएको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सहमति जुटेको हो ।

शुक्रबार बसेको समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा सरकारले ल्याएको पाँच वर्षे हदम्याद हटाउने विषयमा सहमति जुटेको हो ।

बैठकमा गृहमन्त्री रमेश लेखकले सरकार पाँच वर्षे हदम्याद हटाउन तयार रहेको बताए । सरकारले सो सहमति जनाएपछि समितिका सभापति रामहरि खतिवडाले विधेयकको दफा १६ मा राखिएकोहदम्यादको प्रावधान हटाउने प्रस्ताव समितिमा गरेका थिए ।

लगत्तै समितिका सम्पूर्ण सदस्यहरूले सो हदम्याद हटाउन सर्वसहमति जनाए । सरकारले भ्रष्टाचारका कसुरमा पाँच वर्षे हदम्याद राख्दै विधेयक दर्ता गरेपछि यसबारे चौतर्फी दबाब बढेको थियो ।

लोकप्रिय