आज संविधान दिवसः विभिन्न कार्यक्रम गरी मनाइदै
काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१. स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाल सरकारद्वारा बिहीबार बिहानसैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागीहुनेछन् ।
त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । बिहीबार साँझ नैराष्ट्रपति पौडेलले शीतलनिवासमा स्वागत समारोह आयोजना गर्नेछन् ।
संविधान दिवसका उपलक्ष्यमा संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी संघसंस्था, नागरिक समाज, निजी क्षेत्र रसामाजिक संस्थाद्वारा पनि विभिन्न कार्यक्रमको आयोजना गरिनेछ । विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसकाकार्यक्रम हुनेछ ।
नेपाली जनताको सात दशक लामो संघर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट २०७२ असोज३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो ।
सरकारले संविधान जारी भएको दिनमा प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ । ‘जनताद्वाराजनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको ९ वर्ष पूरा भएको छ ।
संविधान दिवसकै खुशियालीमा नागरिकस्तरबाट काठमाडौंको दरबारमार्गमा राष्ट्रिय दिवस सांगीतिक प्रस्तुति हुनेछ । सरकारलेसंविधान दिवसका अवसरमा दिपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन सबैमा आह्वान गरेको छ ।
प्रतिकृया दिनुहोस्