आन्दोलित शिक्षकहरु कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने

आन्दोलित शिक्षकहरु कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने

काठमाडौंमा । आन्दोलनरत नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा समेत सहभागी नहुने निर्णय गरेको छ ।

वैशाख ११ देखि सुरु हुने परीक्षामा शिक्षक, कर्मचारी कोही पनि सहभागी नहुने निर्णय गरिएको महासंघले जानकारी गराएको छ । शैक्षिक सत्र सुरु हुँदा समेत शिक्षकहरु भने विद्यालय बन्द गरेर आन्दोलनमा छन् ।गत दुइ सातादेखि पेशागत माग राखी शैक्षिक हड्तालसहित सडक आन्दोलन गरिरहेका सामुदायिक शिक्षकका मागप्रति सरकारले अहिलेसम्म पटक पटक बार्ताको आव्हान गरेपनि ठोस सम्बोधन गर्ने तर्फ पहल गरेको देखिएको छैन ।

लोकप्रिय