जनकपुरधामको क्रिकेट स्टेडियममा विचौलियाको चलखेल भएको छ:सांसद झा
काठमाडौं । रास्वपाका सांसद मनिष झाले जनकपुरधामको खेलकुद मैदानमा विचौलिया र दलालले चलखेल गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले लक्ष्मणकुटीको नाममा रहेको १७ बिगा जमिनको डीपीआर गरेर साढे दुई अर्बको एउटा अन्तर्राष्ट्रिय रंगशालाको परिकल्पना पनि भइसकेकोमा हाल विचौलियाको चलखेल भएको आरोप लगाएका हुन् ।
उनले ‘लक्ष्मणकुटीको नाममा रहेको १७ बिगा जमिन जसको डीपीआर गरेर साढे दुई अर्बको एउटा अन्तर्राष्ट्रिय रंगशालाको परिकल्पना पनि भयो, सबै भयो खेलकुद परिषद्ले गुठी संस्थानलाई वार्षिक ९ लाख तिर्दथ्यो त्यसको लागि अहिले सम्म ४ करोड खर्च पनि गरेको थियौं । तर, खै के प्रलोभनले हो त्यसको भाडा एक्कासि ९ लाखबाट ४९ लाख ६० हजारमा बढाइयो । यसमा पक्कै पनि समृद्ध विचौलिया र दलाल छिरे जस्तो छ ।’ भनि उल्लेख गरेका छन् ।


प्रतिकृया दिनुहोस्