प्रधानमन्त्री देउवाको प्रश्न-मैले एमसीसी पास गर्दा भीम रावको टाउको किन दुख्यो ?
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले नेता भीम रावलप्रति आक्रोश पोखेका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गरेकोप्रति देउवा उनीप्रति खनिएका हुन्।
‘मन्त्रिपरषद्बाट आफ्नै सरकार हुँदा पास गरेर संसदमा पेस गर्दा त्यसबेला किन आलोचना गर्नुभएन। भीम रावलले त्यसबेला के हेरेर बसे ? पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा ल्याएको प्रस्तावलाई आफूले पारित गरेको बताउँदै देउवाले भने, ‘मैले एमसीसी पास गर्दा भीमबहादुर रावललाई किन टाउको दुख्ने ?’ आज एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले रावलप्रति लक्षित प्रश्न गरेका हुन् । रावल मन्त्री हुँदा एसमसीसीको प्रक्रिया अघि बढिरहेको सुनाउँदै देउवाले विरोध गर्ने भए उनी राजीनामा दिएर बाहिर आउनुपर्ने तत्कालीन समय सम्झाए। ‘एमसीसीको सबैभन्दा बढी खिलाफमा भीम रावल हुनुहुन्छ। त्यसबेला भीम रावलको दिमाग खुस्किएको थियो ? अहिले बोल्न लाज छैन ?’


प्रतिकृया दिनुहोस्