सेञ्चुरी बैंकको नयाँ निक्षेप खाता
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले आम जनताको बचत गर्ने बानीको विकास गर्न सेञ्चुरी रिकरिङ्ग निक्षेप खाता संचालनमा ल्याएको छ ।
नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएक वर्ग, महिला, बालबालिका,निश्चित आम्दानी भएका कृषक, साना उद्यमीव् यवसायी, विप्रेषण (रेमिटान्स) प्राप्त गर्ने ग्राहकहरुलाई लक्षित गरी सेञ्चुरी रिकरिङ्ग मुद्धती र सेञ्चुरी फ्लेक्सी फिक्स्ड नामक दुई निक्षेप खाता संचालनमा ल्याएको छ ।
न्यूनतम रु. एकहजार मै खोल्न सकिने र खातामा क्रमिक रुपमा थप रकम जम्मा गर्न सकिने छ । सेञ्चुरी रिकरिङ्ग मुद्धतीमा खाताखोल्दा कै बखतको व्याज दर प्रदान गरिने छ भने सेञ्चुरी फ्लेक्सी फिक्स्ड खातामा बैंकले समय समयमा प्रकाशित गरेको मुद्धती निक्षेप अनुरुपको व्याज प्रदान गरिने छ । सेञ्चुरी बैंकका सम्पूर्ण शाखा मार्फत खाता खोल्न सकिनेछ ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४शाखा रहित बैंकिङ्ग र ११३ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
थप जानकारीका लागि बैंकको वेबसाइटwww.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध छ ।


प्रतिकृया दिनुहोस्