पोखरा महानगरपालिकालाई बाटो निर्माण ढिलाइसम्बन्धी ध्यानाकर्षण
काठमाडौं । लेखनाथ उद्योग वाणिज्य सङ्घले पोखरा महानगरपालिका– २७, ३० र ३१ स्थित ताल्चोक क्षेत्रको बाटो निर्माण ढिलाइ भएको सम्बन्धमा पोखरा महानगर प्रमुख धनराज आचार्यलाई ध्यानाकर्षण गराएको छ ।
यहाँको करिब साढे तीन किलोमिटर दूरीमा बाटो निर्माण ढिलाइ भएकाले आवतजावतसँगै यहाँका पर्यटनमा नकारात्मक असर परेको भन्दै निर्माणलाई शीघ्रता दिनका लागि ध्यानाकर्षण गराइएको हो । सङ्घका कार्यवाहक अध्यक्ष विक्रम कर्माचार्यको संयोजकत्वमा सङ्घका पूर्वअध्यक्ष बलराम ढकाल, सङ्घका कार्यसमिति सदस्य एलपी ढुङ्गानालगायत टोलीले प्रमुख आचार्यसमक्ष तालचोक बेगनास ताल बाटोको ढिलासुस्तीबारे ध्यानाकर्षण गराएको हो ।
भेटमा महानगर प्रमुख आचार्यले वर्षात् सुरु हुनुभन्दा अघि एकतर्फी बाटो तुरुन्तै सञ्चालनमा ल्याउने गरी काम गर्न निर्माण व्यवसायी तथा इञ्जिनियरलाई आग्रह गरेका छन् ।


प्रतिकृया दिनुहोस्