आइपिएलको पहिलो क्वालिफायरमा आज पञ्जाव र रोयल च्यालेन्जर्स भिड्दै
काठमाडौं । आज जारी आइपिएलको पहिलो क्वालिफायर हुँदैछ ।
पहिलो क्वालिफायरमा अंक तालिकामा शिर्ष स्थानमा रहेको पञ्जाव किंग्स र दोस्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स बैंगलुरुबीच हुँदैछ । पञ्जावको मुल्लानपुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि शुरु हुँदैछ ।
यसअघि खेलिएका १७ सिजनमा आइपिएलको उपाधि जित्न नसकेका पञ्जाव र बैंगलुरु यस सिजनमा पहिलो र दोस्रो हुदै पहिलो क्वालिफायरमा खेल्न लागेका छन् ।
यस खेलमा विजयी हुने टिम सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । यस सिजनमा लिग चरणमा अप्रिल २० मा भएको खेलमा रोयल च्यालेन्जर्सले पञ्जावलाई ७ विकेटले पराजित गरेको थियो ।
पञ्जाव अहिलेसम्म आइपिएलमा २०१४ मा उपविजेता बनेको थियो भने त्यसपछि पहिलो पटक प्लेअफ खेल्दैछ । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरु २००९, २०११ र २०१६ मा उपविजेता बनेको थियो ।


प्रतिकृया दिनुहोस्