महँगीको चपेटामा अर्थतन्त्र

महँगीको चपेटामा अर्थतन्त्र

 

नेपाल राष्ट्र बैंकले बुधबार चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको रिपोर्ट सार्वजनिक गरेको राष्ट्र बैंकले समीक्षा अवधिमा उच्च दरमा बजार महँगी (उपभोक्ता मुद्रास्फीति) बढेको देखाएको हो ।
चैत मसान्तसम्म मुलुकको बजार महँगी बढेर ७.२८ प्रतिशत पुगेको रिपोर्टमा उल्लेख गरिएको छ ।
जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा वार्षिक विन्दुगत आधारमा ४.१८ प्रतिशतले नै बढी हो । चालु आर्थिक वर्षका लागि मौद्रिक नीतिले ६.५ प्रतिशतसम्मको मात्र मुद्रास्फीतिको सीमा राखेको थियो ।
बाह्य कारणको दबाब वस्तु तथा सेवाको आयातमा परेको प्रभाव सो मूल्यमा समेत पर्दा बजार महँगी बढ्न गएको हो । यस अवधिमा खाद्य तथा पेय पदार्थ घ्यू, तेल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थमा २८.३६ प्रतिशतले मूल्यवृद्धिका कारण समग्र बजार नै महँगिन पुगेको बैंकको रिपोर्टले देखाएको छ ।
यस अवधिमा अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थ र सुनको मूल्यले समेत मूल्य वृद्धि हुँदा त्यसको प्रभाव नेपालमा समेत परेको बैंकले जनाएको छ ।​

लोकप्रिय