प्रदेश र समानुपातिक प्रणाली खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौ । आगामी चुनाव अघि नै प्रदेश र समानुपातिक निर्वाचन प्रणालीको खारेजीको माग गर्दै नेपाल स्वतन्त्र नागरिक सञ्जालले माइतीघरमा आज प्रदर्शन गरेको छ । चुनाव अघि नै प्रदेश र समानुपातिक प्रणाली खारेज नगरे कडा आन्दोलनको चेतावनी समेत दिएको छ ।सञ्जालका संयोजक दिनेश सुवेदीले प्रदेश र समानुपातिक निर्वाचन प्रणाली नेपालका लागि उपयुक्त नभएको प्रमाणित भइसकेको तर्क गरे । उनले तत्काल खारेज नगरे देश ठूलो सङ्कटमा जाने बताए । सुवेदीले सञ्जालले देशव्यापी रूपमा प्रदेश र समानुपातिक प्रणाली खारेजीका लागि अभियान नै चलाउने बताए । प्रदेश निकै खर्चालु भइसकेको र देशले थेग्नै नसक्ने उनको भनाई थियो । दिनेश सुवेदीले संविधान निर्माणका क्रममा संविधान सभाका सदस्यहरूले सुझाव सङ्कलन गर्दा र सभा भेलाहरू गर्दा देशभरका अधिकांश जनताले प्रदेश सरकार संविधानमा राख्न पाइँदैन, प्रत्यक्ष निर्वाचन हुनपर्दछ, समानुपातिक सहितको मिश्रित निर्वाचन प्रणाली नराखियोस् भन्ने सुझाव दिएका थिए ।


प्रतिकृया दिनुहोस्