ब्ल्याकमेलिङ गरेको आरोपमा १५० भन्दा बढी युवायुवती प्रहरीको नियन्त्रणमा

ब्ल्याकमेलिङ गरेको आरोपमा १५० भन्दा बढी युवायुवती प्रहरीको नियन्त्रणमा

रूपन्देहीको तिलोत्तमा नगरपालिका २ बाट प्रहरीले १५० भन्दा बढी युवायुवती नियन्त्रणमा लिएको छ। कार्यालय सञ्चालन गरेर सर्वसाधारणलाई ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले जानकीनगरबाट भारतीयसहित नेपाली युवालाई नियन्त्रणमा लिएको हो।

४ तल्लाको घरमा ३ वटा फ्ल्याट भाडामा लिएर करिब ३ सय कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई फसाएको प्रहरी अनुसन्धानबाट भेटिएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए।

 

यस्तै उनीहरूले चिनियाँ एप्लिकेसनको प्रयोग गरी भारतीय नागरिकहरूलाई ऋण प्रवाह गर्ने र मिटर ब्याजमा रकम उठाउने कार्य समेत संचालन गरेको पाइएको प्रहरीले जनाएको छ।उनीहरूले मिटर ब्याजमा लगाएको रकम फिर्ता नगरे अस्लिल तस्वीर र भिडिओ सार्वजनिक गरिदिने भन्दै ब्याल्याकमेलिङ गर्दै आएको भेटिएको प्रहरीले जनाएको छ।प्रहरीले दुई सय बढी कम्प्युटर र मोबाइल बरामद गरेको जनाएको छ।अनुसन्धान भइरहेको भन्दै प्रहरीले थप जानकारी केही बेरमा सार्वजनिक गर्ने भएको छ।

लोकप्रिय