एनपिएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा जनकपुर र विराटनगर खेल्ने
काठमाडौं । आसन्न संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबारसार्वजनिक गरेको तालिकाअनुसार पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्ने छन् ।
यी दुई टिमबीचको खेल १५ मंसिरमा दिउँसो सवा १२ बजेदेखि सुरु हुनेछ । लिगको दोस्रो र तेस्रो खेल १७ मंसिरमा हुने तालिका छ ।दुई खेल भएको दिन बिहान ९ः१५ मा पहिलो तथा दिउँसो १ः१५ मा दोस्रो खेल हुनेछ ।
पहिलो क्वालिफायर र एलिमिनेटर खेल ३ पुसमा हुने तालिका छ । पहिलो क्वालिफायरमा लिगको शीर्ष स्थानमा रहेको टोली तथादोस्रो स्थानको टोलीबीचमा प्रतिस्पर्धा हुनेछ । यस खेलमा विजेता टोलीले फाइनलमा स्थान बनाउनेछ । पराजित टोलीले फाइनलप्रवेशको अर्को मौका पाउनेछ ।
इलिमिनेटर खेलमा लिगमा तेस्रो र चौथो स्थानमा रहने टोलीबीच प्रतिस्पर्धा हुनेछ । पराजित टोली प्रतियोगिताबाट बाहिरिँदा विजयीटिमले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ ।


प्रतिकृया दिनुहोस्